📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

नवलपरासीमा ठाउँठाउँमा सडक अवरुद्ध

🕒 May 28, 2024 ✍ न्युज नेपाल संबाददाता

नवलपरासी । गएराति आएको पानीले नवलपुरको ठाउँठाउँमा सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार नवलपुरको विनयी त्रिवेणी गाउँपालिका २ विश्वकर्मा मन्दिर नजिकै पूर्वपश्चिम सडक अवरुद्ध भएको छ ।

उक्त बाटोमा डाइभर्सन बनाएर अवरुद्ध सडक खुलाउने प्रयास भईरहेको छ । राति पौने ९ बजेदेखि सडक अवरुद्ध भएको हो । अहिले एकाध दुई सवारी साधन एक तर्फ पास भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको दाउन्ने डाँडाको खुर्सानी खोलामा पनि पहिरो खसेको छ । अवरुद्ध सडक खुलाउने प्रयास भईरहेको पश्चिम नवलपरासी प्रहरीले जनाएको छ ।

त्यसैगरी पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका ९ थुम्सीमा पनि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

प्रहरी नायव उपरीक्षक पौैडेलका अनुसार अवरुद्ध सडक खुलाउन प्रयास भईरहेको छ । २ वटा जेसिभी प्रयोग गरेर गैडाकोटको थुम्सीमा सडक खुलाउने प्रयास भईरहेको छ । यहाँ सडक सुचारु गराउन ५÷६ घण्टा लाग्न सक्ने बताइएको छ ।

त्यसैगरी नवलपुरको गेडाकोट नगरपालिका ३ तारगंखोला निर कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।

यहाँ गएरातिदेखि अवरुद्ध भएको सडक अझै खुल्न सकेको छैन । त्यसैगरी गएराति परेको पानीले दलदलेबाट डेढगाउँ जोन हुप्सेकोट ५ पाङग्रेमा सडक अवरुद्ध भएको छ । त्यसैगरी नवलपुरको मध्यविन्दु नगरपालिका ७ र ८ जोड्ने गिरुवारी खोलामा रहेको २ वटा जेनेरेटर डुबाएको छ ।

पुल बनाउन राखिएको जेनेरेटर डुबाएको हो भने काठ र प्लाइउड बगाएको छ ।