📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

हावाहुरिले नवलपुरको १० घर र २ वटा विद्यालयमा क्षति

🕒 May 31, 2024 ✍ न्युज नेपाल संबाददाता

नवलपुर । नवलपुरमा गएरातिको हावाहुरीले आँप र सालका रुखहरु ढली १० वटा घर र २ वटा विद्यालयमा क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार क्षतिको संकलन कार्य भईरहेको छ । अहिलेसम्म प्राप्त क्षतिको विवरण अनुसार विनयी त्रिवेणी गाउँपालिका ५ मा ४ वटा घरमा क्षति पुगेको छ ।

त्यसैगरी मध्यविन्दु नगरपालिका ५ मा ४ वटा घरमा रुख ढली क्षति भएको छ भने देवचुली नगरपालिका ४ झाँक्रेमा सालको रुख ढली एउटा घरमा क्षति भएको छ ।

त्यसैगरी गैडाकोट १३ सिख्रौलीमा एउटा घरको छाना उडाएको छ ।
त्यस्तै मध्यविन्दु नगरपालिका १० नयाँ बेलहानीमा सरस्वती माविमा रुख ढलेर पर्खाल र भर्याङ भत्किएको छ भने कावासोती १७ को सरस्वती माविमै रुख ढलेर क्षति पुर्याएको प्रहरीले जनाएको छ ।

त्यसैगरी ठाउँठाउँमा विजुलीको पोलमा रुख ढलेर क्षति पुर्याएका कारण विभिन्न स्थानमा हिजो राति देखि नै विद्युत अवरुद्ध भएको छ । आज नवलपुर खण्डमा सडक भने अवरुद्ध नरहेको प्रहरीले जनाएको छ ।