📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

कावासोती खानेपानीद्वारा १० वटा विद्यालयलाई १/१ लाखको अक्षयकोष सहयोग

🕒 June 2, 2024 ✍ न्युज नेपाल संबाददाता

नवलपुर । नवलपुरको कावासोतीमा रहेको कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आफ्नो कार्यक्षेत्र भित्र रहेका १० वटा सामुदायिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ ।

प्रत्येक विद्यालयलाई १/१ लाखको दरले छात्रवृत्ति अक्षयकोष स्थापनाका लागि १० वटा विद्यालयलाई १० लाख रुपैयाँ सहयोग गरेको हो । उक्त सहयोग रकम बराबरको चेक शुक्रबार कावासोती नगरपालिकाका नगरप्रमुख विष्णु प्रसाद भुसालद्वारा सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

कावासोती खानेपानीको सामाजिक उत्तरदायित्व अन्तरगत १० वटा विद्यालयलाई उक्त रकम हस्तान्तरण गरिएको कावासोती खानेपानीका अध्यक्ष दिपकराज लम्सालले बताए । उनले सामुदायिक विद्यालयहरुलाई खानेपानी महसुलमा ५० प्रतिशत छुट प्रदान गरेकोले बर्षभरी आफूले तिरेको बिलबाट ५० प्रतिशत रकम फिर्ता पाउने प्रावधान गरिएको उनले बताए ।

रकम हस्तान्तरण कार्यक्रममा कावासोती नगरपालिकाका वडाध्यक्षहरु, सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समितिको सहभागिता रहेको थियो । – रामकुमार श्रेष्ठ