📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

नवलपुरमा खोलाले बगाएर १ जनाको मृत्यु, १ जना वेपत्ता

🕒 July 11, 2024 ✍ न्युज नेपाल संबाददाता

नवलपरासी । नवलपुरमा खोलाले बगाएर एक जनाको निधन भएको छ भने एक जना वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार मध्यविन्दु नगरपालिका वडा नं. ४ मदनपुर घर भएका ३५ वर्षका सूर्य परियारको आज खोलाले बगाएर निधन भएको हो ।

मध्यबिन्दु १ पतवारी स्थित उल्टि खोला तर्ने क्रममा खोलाले बगाएका परियार उल्टी खोला र छुकछुके खोलाको दोभानमा घटना स्थलबाट ७ सय मिटर पर फेला परेका हुन् । त्यसैगरी नवलपुरको बौदीकाली गाउपालिका वडा नंं. १ खारा घर भएका ४८ वर्षका बिशाल कार्की खोलाले बगाएर वेपत्ता भएका छन् ।

आज दिउँसो गोरू सहित खेतमा काम गर्न जाने क्रममा बौदीकाली १ को बौदी खोला तर्ने क्रममा सोही खोलाले बगाई बेपत्ता भएका हुन् । उनको खोजी भईरहेको प्रहरीले जनाएको छ । रामकुमार श्रेष्ठ –