माछापुछ्रे–६ हेम्जामा दुईदिने घरवास तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

👤 adminnews | 🕒 ४ दिन अगाडि
२४६ सेयर
f 𝕏 💬 🖨️

पोखरा, २०८३ जेठ ३० — पूर्व राष्ट्रसेवक तथा नागरिक संघको आयोजनामा माछापुछ्रे गाउँपालिका वडा नं. ६, हेम्जास्थित होमस्टेमा २०८३ जेठ २९ र ३० गते दुईदिने घरवास तथा अन्तरक्रिया एवं ब्रिफिङ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
संघका केन्द्रीय अध्यक्ष चेतबहादुर रावल “प्रविन” को अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष रावलले संस्थाको वर्तमान अवस्था, भावी कार्ययोजना, संगठन विस्तार, सामाजिक उत्तरदायित्व तथा सदस्यहरूको भूमिकाबारे विस्तृत अन्तरक्रिया तथा ब्रिफिङ गर्नुभएको थियो। उहाँले संस्थालाई अझ प्रभावकारी, सशक्त र जनमुखी बनाउँदै लैजान सबै सदस्यहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो।

>

कार्यक्रममा संघका संरक्षक शिवप्रसाद न्यौपाने, केन्द्रीय सल्लाहकार संयोजक सोमलाल कडेल, केन्द्रीय प्रथम उपाध्यक्ष रामचन्द्र पराजुली, केन्द्रीय सचिव सुन्दर शर्मा पौडेल, केन्द्रीय कोषाध्यक्ष अप्सरा बराल, मानार्थ सदस्य केशवराज बराल, केन्द्रीय सदस्यहरू सीता थारु र रूपा गुरुङ, कास्की जिल्ला सदस्य तुलसी कँडेल, जिल्ला सदस्य आनन्द बास्तोला, जिल्ला सल्लाहकार मिठो गिरी, आजीवन सदस्यहरू, साधारण सदस्यहरू तथा शुभचिन्तकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा घरवास (होमस्टे) प्रवर्द्धन, सामाजिक एकता, संगठन सुदृढीकरण, अनुभव आदान–प्रदान तथा भावी कार्यक्रमहरूबारे व्यापक छलफल गरिएको थियो। सहभागीहरूले कार्यक्रम फलदायी, उपलब्धिमूलक र संस्थाको उद्देश्यअनुरूप रहेको धारणा व्यक्त गरेका थिए।
कार्यक्रमले सदस्यहरूबीच आपसी सम्बन्ध, सहकार्य र आत्मीयता अभिवृद्धि गर्नुका साथै संस्थागत गतिविधिलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्दै समापन गरिएको थियो।

ट्याग्स : कुनै ट्याग छैन
सम्बन्धित समाचार
Scroll to Top