६० हजार घुस रकमसहित चाबहिल नापी कार्यालयका अमिन पक्राउ

👤 adminnews | 🕒 १ दिन अगाडि
२४६ सेयर
f 𝕏 💬 🖨️

२ असार, काठमाडौं । नापी कार्यालय चाबहिल २ नं. नापी टोलीका एक जना अमिन ६० हजार घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार अमिन टोपजंग खत्रीलाई सेवाग्राहीसँग घुस रकम लिएको भन्दै पक्राउ गरेको हो ।

अमिन खत्रीले हालसाविक गरी जग्गाधनी पुर्जा बनाइदिन सहजीकरण गरिदिने भन्दै घुस लिएको सूचना अख्तियारले प्राप्त भएको जनाएको छ ।

त्यसै सूचनाका आधारमा अख्तियारको कार्यालय टंगालबाट खटिएको टोलीले ६० हजार लिइसकेको अवस्थामा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ माकलवारीबाट पक्राउ परेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

ट्याग्स : कुनै ट्याग छैन
सम्बन्धित समाचार
Scroll to Top