शुक्रबार , जेठ १०, २०८२
नवलपुरमा मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु अर्का एक गम्भिर घाईते । – News Nepal Media
Trend

कावासोती । पूर्वी नवलपरासीमा गए राति भएको सवारी दुर्घटनामा १ जनाको निधन भएको छ ।

जिल्लाको हुप्सेकोट गाउँपालिका ३ बेलाहानी स्थित भित्री सडक खण्डमा झ्यालबासबाट गिरुवारीतर्फ जाँदै गरेको लु ३६ प ५४९७ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

दुर्घटनामा परी मृत्युहुनेमा मोटरसाईकल चालक हुप्सेकोट २ मोहन डाँडा बस्ने बर्ष २१ को पदम बहादुर बयम्बु रहेका छन्भने उक्त मोटरसाईकलका पछाडी सवार रहेका रहेका मोहन डाँडा कै बर्ष २२ को हिरा बहादुर आले गम्भिर घाईते भएका थिए । आलेलाई उपचारको लागी भरतपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नवलपुरमा एक महिने निःशुल्क ड्राइभिङ तालिम सुरु

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’

कावासोती वडा नं ७ मा सुनौलो हजार दिन कार्यक्रमअन्तर्गत ६२ आमालाई पोषण सामग्री वितरण

आइतबार देखी अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न हुप्सेकोट गाउँपालिकाको आग्रह

“मेवाको मिठाससँगै मिठो कमाइः मिनबहादुर बसेकाछन् कृषिमा रमाई”

सेन्ट्रल कलेजले जापान जान चाहने विद्यार्थीलाई ५० प्रतिशत छुट दिने घोषणा


TOP