देशमा हास्यास्पद ढंगले स्वास्थ्य बिमा लागु गरिएको छ: सांसद तोसिमा कार्की – News Nepal Media
Trend

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि सांसद डा तोसिमा कार्कीले नेपालमा स्वास्थ्य बीमाको मोडल फेर्नुपर्ने बताउनुभएको छ। उहाँले नेपाल सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रम ५० प्रतिशत जनतासम्म नपुग्दै बन्द हुने अवस्था रहेको जिकिर गर्नुभयो।

“स्वास्थ्य बिमा बोर्डको अध्यक्षले पदबाट राजिनामा दिनुभएको छ। त्यसको मुख्य कारण हो अहिले स्वास्थ्य बिमाको मोडेल ” कार्कीले भन्नुभयो, हामीलाई लोकतान्त्रिक र समाजवादीको स्वास्थ्य बिमाको मोडल आवश्यक छ। त्यो मोडल व्यवस्थाको लागि समतामुलक अवधारणामा अडिनु पर्छ। ”

स्वास्थ्य क्षेत्रमा तिर्न नसक्नेको तिर्न सक्नेले तिर्ने बताउँदै अहिले देशमा हास्यास्पद ढंगले स्वास्थ्य बिमा लागु गरिएको टिप्पणी गर्नुभयो। उहाँले भन्नु भयो “अरबपति नेपाली र मजदुर गरिब नेपालीले एकै स्वास्थ्य बिमा शुल्क तिर्नु पर्ने अवस्था सिर्जना भएको छ।”

यस्तै वैज्ञानिक ढंगले स्वास्थ्य बिमा तिर्ने व्यवस्था लागु गरियोस भनि ध्यानाकर्षण गराउंदै सांसद कार्कीले दावी भुक्तानी पनि वैज्ञानिक तौरले हुनुपर्ने तर्क गर्नुभयो। उहाँको अनुसार १ लाखको स्वास्थ्य बिमा जसरी पनि खर्च गर्नुपर्ने र त्यसका लागि अनावश्यक रुपमा ल्याबटेस्ट र उपचारहरु गरिने बेतिथी आइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP