नीति तथा कार्यक्रम र बजेटका लागि राय–सुझाव सङ्कलन – News Nepal Media
Trend

सन्धिखर्क नगरपालिकामा आर्थिक वर्ष २०७९÷८० को वार्षिक नीति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धमा सरोकारवालासँग राय–सुझाव सङ्कलन तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नगरपालीकाको सभाहलमा सम्पन्न कार्यक्रममा बोल्ने सरोकारवालाले पछिल्लो समय पहाडी जिल्लाबाट तीव्र बन्दै गएको बसाइँसराइलाई रोक्न र युवाहरूको विदेश पलयान रोक्ने खालका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । वक्ताहरूले अहिलेको बजेटले कृषि, स्वास्थ्य, शिक्षा, पर्यटनलगायतका क्षेत्रमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालको स्वागत मन्तव्य र दिलीप केसीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरे, जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइराला, सन्धिखर्क नगर उपप्रमुख मिश्रा आचार्य, नेकपा (एमाले) सन्धिखर्क नगरअध्यक्ष श्रीकृष्ण भुसाल, कांग्रेस सन्धिखर्क नगर सभापति बाबुराम भुसाल, नेकपा (माओवादी केन्द्र)का नगरअध्यक्ष कृष्णप्रसाद भुसाल, जनता समाजवादी पार्टीका टोपबहादुर बलाल, राजमो सन्धिखर्क नगरअध्यक्ष कमलप्रसाद घिमिरे, अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष ईश्वरा पोख्रेल, पाणिनी बहुमुखी क्याम्पसमा प्राचार्य बुद्धि भुसाल, अर्घाखाँची उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रदीप मिश्र, अर्घाखाँची चेम्बरका अध्यक्ष अशोक श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति कुशल भुसाल, नेपाल पत्रकार महासङ्घका अध्यक्ष अशोक खनाललगायतका बक्ताहरूले मन्तव्य राख्नुभएको थियो ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र

लुम्बिनी प्रदेश सरकारका कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीले आगामी वर्षको बजेटमा मागमा आधारित कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट विनियोजन राखेको बताउनुभयो । सदरमुकाम सन्धिखर्कमा भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको उद्घाटन कार्यक्रममा महिला कृषि समूह र महिला कृषि सहकारीमार्फत कृषि कार्यक्रमलाई अगाडि बढाउन प्रदेश सरकारले विशेष ध्यान दिएको भन्दै उहाँले जैविक मललाई विशेष प्राथमिकतामा राखी बजेट छुट्याएको दाबी गर्नुभएको हो ।

स्थानीय तहको पुनर्संरचनाअघि पशु सेवा कार्यलयको रूपमा रहेको कार्यलय जिल्लामा नभएपछि स्थानीय पशुपालक कृषकलाई समस्या भएको थियो । स्थानीय पशुपालक कृषकको समस्या समाधान गर्न भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको स्थापना गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP