
सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुखमा स्वतन्त्र तर्फबाट नवनिर्वाचित हर्कराज साम्पाङ राईले आज शपथ ग्रहण गरेका छन्। राईलाई सुनसरी जिल्ला अदालतका १ नम्बर न्यायाधीश कैलाश सुवेदीले शपथ ग्रहण गराएका हुन् ।
सामाजिक अभियन्ताबाट राजनीतिमा छिरेका साम्पाङले धरानको चुनावी राजनीतिक इतिहासलाई परिवर्तन गरि एमाले, कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धन दलका उम्मेदवारलाई पराजित गरेका छन्। पछिल्लो समय २०७९ सालको स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारहरुको चर्चा भैरहँदा साम्पाङले पनि प्रसिद्धता कमाएका हुन्।
ताजा समाचार
लोकप्रिय
© 2023: मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design by: Jhapa Technical Pvt.Ltd