बेँसीशहर–चामे सडकको स्तरोन्नति – News Nepal Media
Trend

मनाङ र लमजुङ जोड्ने एक मात्र बेँसीशहर–चामे सडकको स्तरोन्नति एवं कालोपत्र गर्ने कार्य २३ प्रतिशत सम्पन्न भएको छ ।

बेँसीशहर–चामे सडकअन्तर्गत बेँसीशहरदेखि खुदीसम्मको सात दशमलव आठ किलोमिटर सडक कालोपत्र गर्नका लागि पहिलो चरणको कार्य हालसम्म सम्पन्न भएको डुम्रे–बेँसीशहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी एवं इञ्जिनीयर पुरुषोत्तम अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार सडक चौडाइ गर्ने, पर्खाल उठाउने, कटिङ गर्ने, कल्भर्ट बनाउने, नाली बनाउने लगायतका काम भइरहेको छ । पाँच दशमलव पाँच मिटरको सवारी गुड्ने, एक दशमलव एक मिटरको नाली र मान्छे हिँड्ने उक मिटरको सडक चौडाइ हुनेछ । बस्ती भएको ठाउँमा भने दुईतर्फी नै नाली बन्ने र बस्ती नभएको ठाउँमा एकतर्फ मात्र नाली निर्माण हुने भएको छ ।

ट्याक खोलेको करिब २७ वर्षमा बेँसीशहर–चामे सडक कालोपत्र कार्य अघि बढेको छ । स्थानीय श्रमदान र सरकारी निकायबाट सहयोग मागेर लमजुङवासीले विसं २०५१ मा यस खण्डअन्तर्गत बेँसीशहरदेखि खुदीसम्म मोटरबाटोको ट्याक खोलेको यस खण्डमा यतिबेला कालोपत्रका लागि धमाधम काम भइरहेको हो ।

आशिष अनेस्ट जेभी चितवनले विसं २०८० असार २९ गतेसम्म कालोपत्र गर्ने गरी गत वर्ष असार ३० मा सम्झौता गरेर काम अघि बढाएको डुम्रे–बेँसीशहर–चामे सडक योजना कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कूल रु ५२ करोड ९६ लाखको लागत अनुमान गरिएको उक्त सडक रु २५ करोड ३२ लाखमा कालोपत्र गर्ने सम्झौता गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP