आज मिथिलाञ्चल क्षेत्रमा औपचारिक रुपमा होली पर्व सुरु – News Nepal Media
Trend

आज मिथिलाञ्चल क्षेत्रमा औपचारिक रुपमा होली पर्व सुरु भएको छ। सोमबारदेखि सुरु भएको होलि पर्व मिथिला मध्यमा परिक्रमाका यात्रुले कञ्चनवनमा पुगेर एकअर्कालाई अबिर दलेर होली खेलिरहेको छ ।

मिथिलावासीहरुले आजदेखि १५ दिने मिथिला माध्यमिकी परिक्रमा सुरु गरेको जनाइएको छ। भगवान राम र सीताले त्रेता युगमा रंग दलेर होली खेलेको सम्झनामा महोत्तरीको कञ्चनवनमा मिथिला मध्यमा परिक्रमा गरिने पौराणिक मान्यता रहेको छ।

प्रत्येक वर्ष परिक्रमामा मिथिला बिहारीको डोलासँगै कञ्चनवन पुग्ने सहभागीहरुले एकअर्कालाई रंग, अबिर दलेर होली पर्व निकै भव्यताका साथ मनाउने गरेका छन्। साथै कञ्चनवनमा जब परिक्रमाका सहभागीहरुले रंग र अबिर खेलेपछि मिथिलाञ्चलमा होली पर्वको सुरुवात भएको मानिन्छ।

धनुषाको कचरीबाट सुरु भएको मिथिला परिक्रमाको बृहत्तर जनकपुर क्षेत्र विकाश परिषद् र भंगहा नगरपालिकाले हरेक वर्ष जस्तै होली महोत्सवको आयोजना गर्ने गर्दछन।

भंगहा नगरपालिकाका मेयर संजीव साहको अनुसार आज दिउँसो परिक्रमामा सहभागी साधु सन्त, महन्थ र श्रद्धालुहरू आपसमा रंग अविर खेलेर होली पर्वको शुभारम्भ गर्ने छन् । उक्त क्षेत्रमा त्रेतायुगमा भगवान राम र माता सीता कञ्चनवनमा होली खेलेको जनविश्वास छ । सोही विश्वासका आधारमा परिक्रमा यात्रीहरू रंग अविर खेल्ने घरेको उनले बताए।

आजको दिन खाली खुट्टाले पैदल यात्रामा हजारौँ साधु सन्त, श्रद्धालु भक्तजन सहभागी रहेका छन् । उनीहरू भगवान राम र सीताको डोलाका साथसाथ नेपालको १ सय ७ र भारतको २६ गरी १ सय ३३ किलोमिटर यात्रा गर्ने जनाइएको छ।

फागुन शुक्ल प्रतिपदाबाट सुरु भएकाे मिथिला मध्यमा परिक्रमा फागुन शुक्ल सप्तमीमा मिथिला बिहारीको डोलासँगै ध्रुवकुण्डबाट कञ्चनवन पुग्ने गर्छ। यहाँ इच्छावती, गंगा र वीरजा गङ्गाको संगमस्थलसमेत रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP