खतरा तह पार गर्यो नारायणी नदिले ,गैंडाकोटका सय घर डुबानमा – News Nepal Media
Trend

कावासोती । बिहिबार रातीदेखीपरेको लगातारको झरीले नारायणी नदिको सतहले खतराको तह पार गरेको छ । चितवनको देवघाटस्थित मापन केन्द्रले दिएको जानकारी अनुसार देवघाट क्षेत्रमा नारायणी नदीको सतह १०.७५ मिटर पुगेको छ भने नारायणगढस्थित नारायणी पुलमा १२.७२ मिटर पुगेको छ ।

देवघाटमा पानीको सतह ७.३ मिटर नाघ्दा सतर्क रहन चेतावनी दिने गरिन्छ । त्यसैगरी अबिरल झरीका कारण गैंडाकोटका सय घरमा बाढि पसेको छ । गैंडाकोट प्रहरीले बताएअनुसार गैंडाकोट नगरपालिका वडा नं २ को सुकुम्बासी टोल र बोटे टोलमा बाढीका कारण घर डुबानमा परेका हुन् ।

घरहरुमा दुईतिन फिट पानी पसेको र बढ्ने क्रममा रहेको प्रहरीले जनाएको छ । डुबान क्षेत्रको उद्धारका लागि डुंगा र स्काभेटरको प्रयोग गरिरहेको जनाएको छ । हाल सम्म मानविय तथा पशुचौपायामा क्षतिनभएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP