अवरुद्ध नारायणगढ–मुग्लिन सकड दुईतर्फी सञ्चालन – News Nepal Media
Trend

वर्षासँगै लेदो झरेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान २ः४५ बजे भरतपुर २९ खहरेखोलामा सडक माथिबाट लेदो झरेपछि सडक दुईतर्फी अवरुद्ध भएको थियो ।

लेदो हटाएर बिहान ५ः१० बजे दुइतर्फी पुनः सञ्चालन गरिएको सडकमा पुन ६ः१० बजे लेदो झरेपछि एकतर्फी भएको थियो । अहिले ६ः३० बजेदेखि लेदो हटाएर सडक दुईतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP