रसुवामा उद्यमीलाई सामग्री प्रदान – News Nepal Media
Trend

गाउँ समाजमा छरिएर रहेका उद्यमीलाई घरेलु समिति रसुवाले प्रोत्साहनस्वरुप प्रविधि हस्तान्तरण गरेको छ ।

सिपको सदुपयोग गर्दै आयआर्जनमा लगनशील भएका तर आर्थिक अभावका कारण काम गर्ने सामग्री नभएका उद्यमीलाई प्रविधि व्यवस्थापनअन्तर्गत सामग्री उपलब्ध गराई नियमित रोजगारीमा लगनशील गराउन प्रोत्शाहन गरिएको हो । सार्वजनिक सूचनामार्फत खुलारूपमा सङ्कलन गरिएको माग फारमलाई सम्बोधन गर्दै उपलब्ध गराइएका सामग्रीले रोजगारिमा दिगोपन हुने अपेक्षा घरेलु समितिले गरेको छ ।

सामग्री गत वर्षको कार्यक्रमअनुसार उपलब्ध गराइएको हो । प्रविधि हस्तान्तरण कार्यअन्तर्गत ८० प्रतिशत सरकारी अनुदान एवं किसानको तर्फबाट २० प्रतिशत रकम जम्मा गरी दर्ता भएका विभिन्न ५६ उद्यमी र फर्मलाई सामग्री खरिदको व्यवस्था गरिएको हो ।

प्रविधि हस्तान्तरण कार्य नीतिअनुरूप उद्योगको कार्य क्षमताको आधारमा प्रति उद्योग रु ३० देखि रु ४० हजारसम्म उपलब्ध गराइएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख आशिष दाहालले जानकारी दिनुुभयो । अनुदान सहयोग गरिएका उद्योगतर्फ पशुपन्छी, धान कुट्ने, मकै पिस्ने, दाना बनाउने, बुट्टाकुध्ने मेसिन, दूध पेल्ने, छुर्पी बनाउनेजस्ता विविध प्रकारका उपकरण रहेको बताइएको छ । घरेलु समितिले प्रविधि हस्तान्तरणको साथै गत आर्थिक वर्षमा एक सय ६३ साना उद्योग एवं २२ वाणिज्य दर्ता गर्नुको साथै रु ३० लाख १३ हजार राजस्वसमेत आर्जन गरेको प्रमुख दाहालले बताउनुभयो ।

सीपको सदुपयोगबाट ग्रामीण क्षेत्रको जीविकोपार्जनमा सरलता ल्याउने सरकारी नीतिअनुरुप गरिएका सहयोगका सदुपयोगबाट सामाजिक जागरण बढ्ने आशा गरिएको कार्यालयले जनाएकोे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP