रगत सङ्कलन अभियान – News Nepal Media
Trend

पर्साको वीरगञ्जस्थित रक्तसञ्चार केन्द्रमा पछिल्लो पटक मागको अनुपातमा रगत अभाव देखिन थालेपछि यसको माग सहज गर्न सङ्कलन अभियान थालिएको छ । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रका अनुसार केन्द्रमा हरेक समूहको रगतको अभाव देखिन थालेपछि विभिन्न सङ्घ संस्थाको सहकार्यमा रक्तदानमार्फत सङ्कलन अभियान थालिएको हो ।

केन्द्रमा मौज्दात रगत सकिँदा जटिल र गम्भीर रोगका बिरामीको उपचारमा समस्या देखिन थालेपछि यस्तो रगत सङ्कलन अभियान थालिएको छ । वीरगञ्जमा मात्रै दैनिक ४० देखि ५० पिन्टसम्म रगतको माग भएको देखिन्छ ।

अहिले केन्द्रमा रगत माग गर्न आउनेसँग सोधभर्नाबापत रगत लिएर रगत दिने काम भइरहेको छ भने आवश्यकता अनुसार विभिन्न सङ्घ संस्थाको सहकार्यमा रक्तदान अभियान सञ्चालन गरिँदै आएको हो । रक्तदान कार्यक्रम आयोजना गर्ने सामाजिक सङ्घ संस्था र राजनीतिक दल स्थानीय तह निर्वाचनमा व्यस्त भएको कारण पछिल्लो पटक पर्सा र बारामा कुनै पनि ठूलो रक्तदान कार्यक्रम नहुँदा रगत अभियान देखिएको थियो ।

चिनी कारखाना सञ्चालन गर्ने

आर्थिक वर्ष २०७९÷८० को बजेटमा करिब दुई दशकदेखि बन्द रहेको पर्सास्थित वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालन गर्ने योजना समावेश भएको छ ।

वीरगञ्ज चिनी कारखानासँगै कृषि औजार कारखाना समेत पुनः सञ्चालन गर्ने कार्यक्रम बजेटमा समेटिएको हो । बजेटमा ति दुबै उद्योगहरुलाई उपयुक्त ढाँचामा सञ्चालनमा ल्याइने जनाईएको छ । पर्सा, बारा र रौतहटका झण्डै २० हजार किसान आश्रित रहेको वीरगञ्ज चिनी कारखाना बन्द भएको दुई दशक वितिसकेको । रुसको आर्थिक सहयोगमा नेपाल सरकारले २०२१ सालदेखि सञ्चालनमा ल्याएको वीरगञ्ज चिनी कारखाना २०५९ सालमा बन्द भएको थियो । चिनी कारखाना घाटामा गएको भदै २०५९ साल फागुन १६ गते सरकारले कारखाना बन्द गर्ने निर्णय गरेको थियो । यस्तै कृृषि औँजार कारखाना पनि दुइ दशकदेखि नै बन्द छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP