📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

तनहुँमा तोरी पेल्ने मिल विस्थापित हुने अवस्थामा

🕒 August 4, 2022

कुनै समयमा रातभर जाग्रम बसेर तोरी पेलिन्थ्यो । बोराका बोरा तोरी पेल्न बिहानदेखि रातिसम्म खटिनुपथ्र्यो तर अहिले तोरी पेल्ने काम एकादेशको कथा जस्तो बन्न पुगेको बताउनुहुन्छ, व्यास नगरपालिका–४ का आशकुमार श्रेष्ठ । विसं २०३२ मा करिब रु ४० हजार लगानी गरी सदरमुकाम दमौलीमा तोरी मिल सञ्चालन गर्नेमा उहाँ पहिलो नै व्यक्ति हुनुहुन्छ ।

अन्य महिनामा बीस÷पच्चीसजना मानिस दैनिक तोरी पेल्न आउने गरे पनि वर्षायाममा मुस्किलले दुर्ई÷तीन जना हुने गरेको सञ्चालक श्रेष्ठ बताउनुहुन्छ । युवा जनशक्ति वैदेशिक रोजगारीमा, छोरीबुहारी छोराछोरी पढाउन सहरमा र बुढाबुढी मात्रै गाउँ रहेका कारण तोरी खेतीतर्फ आकर्षण कम भएको उहाँको भनाइ छ । पहिला पहिला बिहानदेखि रातिसम्म ८÷९ मुरी तोरी पेल्नको लागि चार जनशक्ति राख्ने गरिएकामा अहिले मुस्किलले दुई जना छन् । सञ्चालन श्रेष्ठ भन्नुहुन्छ, “भएका दुई कर्मचारीलाई पनि पारिश्रमिक दिन कठिनाइ भएको छ ।”पछिल्लो समय तोरीका साथै गहुँ,मकैलगायत पनि पिस्ने गरिएको छ ।
पछिल्लो समयमा गाउँ–गाउँमा मिल सञ्चालनमा रहेका कारण पनि सदरमुकामसम्म तोरी पेल्न आउनेको सङ्ख्या घट्दै गएको हुन् ।