📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

विभिन्न स्थानमा रोपियो गुर्जोका एक हजार बिरुवा

🕒 August 9, 2022

धेरै रोगमा औषधिको काम गर्ने जडीबुटी गुर्जो रोपण अभियानलाई विगत वर्षमा जस्तै यस वर्ष पनि तीव्रता दिइएको छ । प्रत्येक वर्ष वर्षात्का समयमा देशभर गुर्जो रोपण अभियानलाई निरन्तरता दिँदै आउनुभएका अभियानकर्मी कमलबहादुर राजलवटले यस वर्ष वाग्मती किनारस्थित संयुक्त राष्ट्रसङ्घीय उद्यान (य्ुएनपार्क)मा दुई सय गुर्जोको बिरुवा रोपिएको जानकारी दिनुभयो ।

उद्यानसँगै मैतीदेवी मन्दिर क्षेत्रमा पनि करिब ५० वटा गुर्जो रोपिएको छ । ललितपुर र भक्तपुर जिल्लाका विभिन्न स्थानमा पनि गुर्जोको बिरुवा रोपिएको उहाँले सुनाउनुभयो । ललितपुरको कोञ्ज्योस्योम गाउँपालिकाको खामभञ्ज्याङस्थित तीनपाने सामुदायिक वन क्षेत्रमा गुर्जोका सात सय बिरुवा रोपिएको छ । यसैगरी काठमाडौँको मण्डिखाटार क्षेत्रमा पनि करिब ५० वटा गुर्जोका बिरुवा रोपिएको छ ।

क्षमता वृद्धि गर्न महत्वपूर्ण जडीबुटी मानिन्छ । आन्तरिक राजस्व कार्यालय धुलिखेलको कार्यालय प्रमुखका रूपमा काम गरिरहनुभएका राजलवटले बिहान, बेलुका र बिदाको दिनको समयलाई भने गुर्जो रोपण अभियानमा उपयोग गर्दै आउनुभएको छ । नेपालमा कोरोना महामारी सुरु भएसँगै विसं २०७६ चैतदेखि राजलवटले निःशुल्करूपमा गुर्जोका बिरुवाका साथै यसबाट बनेका धुलो र चिया वितरण गर्दै आउनुभएको छ । कोरोना महामारी बढेसँगै गुर्जोबाट बनेका धुलो र चियाको माग पनि बढ्ने गरेको जनाइएको छ ।