📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा ६५ हजारले लिए सेवा

🕒 August 10, 2022

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा उपचारका लागि आउने बिरामीको आकर्षण बढ्दै गएको छ । स्वास्थ्य केन्द्रमा दैनिक ५० देखि एक सयसम्म हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् ।

उक्त केन्द्रले समय–समयमा स्थानीय तहका ग्रामीण क्षेत्रका बासिन्दालाई निःशुल्क स्वास्थ्य शिविरमार्फत सेवा दिँदै आएको केन्द्रका प्रमुख डा रामप्रवोध मण्डलले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा झण्डै ६५ हजार मानिसले उपचार लिएका छन् ।

स्वर बसेका, श्वासप्रश्वाससम्बन्धी समस्या भएका, दम, बाथ, हाडजोर्नी, ग्याष्ट्रिक, प्रसूति, बमनथेरापीलगायत सेवा लिन अहिले पनि स्वास्थ्य केन्द्रमा भीड नै लाग्ने गरेको छ । आव २०७७÷७८ मा ५५ हजार आठ सय ४२ जनाले उपचार लिएको सो कार्यालयले जनाएको छ ।

त्यसैगरी २०७६÷७७ मा ३८ हजार पाँच सय ८५ जनाले स्वास्थ्योपचार सेवा लिएका थिए । उक्त केन्द्रमा पञ्चकर्म र क्षारसूत्र विधिबाट विभिन्न रोगको सफल उपचार गरेपछि मानिसको आयुर्वेदिक उपचारतर्फ आकर्षण बढ्दै गएको केन्द्रका प्रमुख डा मण्डलले जानकारी दिनुभयो । उक्त केन्द्रमा सेवा लिन तनहुँ, छिमेकी जिल्ला गोरखा, लमजुङका केही क्षेत्रका मानिससमेत आउने गरेका छन् ।

आयुर्वेदिक पद्दतिबाट उपचार गर्दा कुनै असर नगर्ने भएकाले पछिल्लो समय मानिसको यसतर्फ आकर्षण बढ्दै गएको उहाँले बताउनुभयो । एलोप्याथिक विधिबाट लामो समय उपचार गरेर थकित भएका व्यक्ति पनि आयुर्वेदिक उपचारमा आउने गरेका छन् । सो केन्द्रले प्यारालाइसिस, बाथ, जोर्नीका समस्या भएका बिरामीलाई लक्षित गरी फिजियोथेरापीका लागि मेसिन ल्याइसकेको जनाएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा फिजियोथेरापी मेसिन ल्याइएकाले छिट्टै सञ्चालनमा ल्याई सेवा दिने लक्ष्य रहेको डा मण्डलले जानकारी

दिनुभयो ।