📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

दशधाम बनाउन रकम सङ्कलन

🕒 August 10, 2022

पाल्पा रामपुरमा दशधाम बनाउन आर्थिक रकम सङ्कलन गरिएको छ । त्यसका लागि आयोजना गरिएको सप्तदिवसीय शिवपुराण अनुष्ठान तथा लोकनाटक प्रदर्शनबाट रकम सङ्कलन गरिएको हो ।

धर्मोदय दशावतार बालन साँस्कृतिक समूह रामपुर पाल्पाले गरेको सप्तदिवसीय शिवपुराण अनुष्ठान तथा लोकनाटक प्रदर्शनबाट करिब रु १४ लाख सङ्कलन भएको समूहका सचिव दुर्गाप्रसाद भट्टराईले बताउनुभयो ।

रामपुरलाई धार्मिक नगरीका रुपमा विकास गर्न दशधाम निर्माण गर्न लागिएको हो । कालीगण्डकी नदीसँग जोडिएको यस क्षेत्र धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य बनाउन दशधाम निर्माण गर्न लागेको समूहका सल्लाहकार गीता पौडेल बताउनुहुन्छ । दशावतार समेटिएको बालन लोकनाटक पाल्पा रामपुरमा मात्रै रहेको जनाइएको छ । लोपोन्मुख अवस्थामा रहेको दशावतार बालनलाई संरक्षण गर्दै यसलाई देश तथा विदेशमा प्रचार गर्न समूहले सो दशधाम निर्माण गर्ने भएको हो ।