दशधाम बनाउन रकम सङ्कलन – News Nepal Media
Trend

पाल्पा रामपुरमा दशधाम बनाउन आर्थिक रकम सङ्कलन गरिएको छ । त्यसका लागि आयोजना गरिएको सप्तदिवसीय शिवपुराण अनुष्ठान तथा लोकनाटक प्रदर्शनबाट रकम सङ्कलन गरिएको हो ।

धर्मोदय दशावतार बालन साँस्कृतिक समूह रामपुर पाल्पाले गरेको सप्तदिवसीय शिवपुराण अनुष्ठान तथा लोकनाटक प्रदर्शनबाट करिब रु १४ लाख सङ्कलन भएको समूहका सचिव दुर्गाप्रसाद भट्टराईले बताउनुभयो ।

रामपुरलाई धार्मिक नगरीका रुपमा विकास गर्न दशधाम निर्माण गर्न लागिएको हो । कालीगण्डकी नदीसँग जोडिएको यस क्षेत्र धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य बनाउन दशधाम निर्माण गर्न लागेको समूहका सल्लाहकार गीता पौडेल बताउनुहुन्छ । दशावतार समेटिएको बालन लोकनाटक पाल्पा रामपुरमा मात्रै रहेको जनाइएको छ । लोपोन्मुख अवस्थामा रहेको दशावतार बालनलाई संरक्षण गर्दै यसलाई देश तथा विदेशमा प्रचार गर्न समूहले सो दशधाम निर्माण गर्ने भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP