📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

ललितपुरमा बजार अनुगमन

🕒 August 10, 2022

जिल्ला प्रशासन कार्यालय ललितपुरले बजार अनुगमन गरी पाटन अप्टिकल नाम रहेको चस्मा पसल सिल गरेको छ । चाडपर्व नजिकिएसँगै बजारमा हुन सक्ने कालोबजारी लगायतको गैरकानुनी कामको अनुगमन गर्न हिँडेको सो टोलीले आज चस्मा पसलको नाम राखेर जुत्ता तथा चप्पल एवं बच्चाको कपडा आदि समेत बिक्री वितरण गरेको पाएसँगै सिल गरेको हो ।

ललितपुरका सहायक प्रजिअ हरिप्रसाद पन्तले भन्नुभयो, “नाम एउटा काम अर्काे गर्ने भएसँगै कारबाही गरियो ।” सो अप्टिकललाई सात दिनभित्र कागजपत्रसहित प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएको पन्तको भनाइ छ ।

यसैगरी सो अनुगमन टोलीले आज पाटन अस्पताल परिसरमा सञ्चालन भइरहेको प्राप्ति चमेना गृहलाई पनि रु २० हजार जरिवाना गराएको

छ । सो गृहको भान्छा असाध्यै फोहर भएसँगै त्यहाँ बिक्री गर्न राखिएका दही तथा दुनोट र सैंडविचमा उत्पादनका साथै सकिने म्यादसमेत उल्लेख नभएका कारण उक्त मूल्य बराबरको रकम तिराएको पन्तले सुनाउनुभयो । ललितपुरका प्रजिअ घनश्याम उपाध्यायले सरकारले हिजो जारी गरेको निर्देशनअनुसार बजार अनुगमन थालिएकोे बताउनुभयो ।