📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

बिपी आधारभूत विद्यालयको भौतिक अवस्थामा सुधार

🕒 August 11, 2022

मोरङको सुनवर्षी नगरपालिका– ९ स्थित बिपी आधारभूत विद्यालयको भौतिक अवस्था सुधार भएपछि पठनपाठनमा पनि सुधार भएको पाइएको छ । बिपी कोइरालाको नामबाट २०५३ सालमा स्थापना भएको सो विद्यालयको भवन जीर्ण बनेको थियो ।प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले पटक÷पटक अनुगमन एवं निरीक्षण गर्नाका साथै विद्यालयको भौतिक सुधारमा सक्रिय रुपमा लाग्नुभएको थियो । राससले पनि उक्त विद्यालयको विषयमा पटक÷पटक समाचार लेखेपछि केही निकायको ध्यान केन्द्रित भएर सो विद्यालयको भौतिक सुधार भएको स्थानीयवासीले बताए ।

नर्सरीदेखि कक्षा पाँचसम्म पठनपाठन हुने सो विद्यालयमा अहिले १५९ विद्यार्थी र पाँच शिक्षक कार्यरत रहेको प्राधानाध्यापक सञ्जीवकुमार राजवंशीले जानकारी दिनुभयो । राजनीतिक नेताको नाममा स्थापना भएको यो विद्यालयमा नेपाली कांग्रेसकी महिला नेत्री नोना कोइराला हुञ्जेलसम्म विद्यालयको अवस्था राम्रै थियो । केही दरबन्दी र राहत कोटाबाट सञ्चालनमा आएको सो विद्यालयको भौतिक सुधारमा सुनवर्षी नगरपालिकाले रु चार लाख र जिल्ला समन्वय समितिले रु सात लाख ५० हजार सहयोग गरेका कारण सुधार आएको शिक्षक उमानन्द ठाकुरले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी दाहालले रङ्गेली विराटनगर हुलाकी राजमार्गसँग जोडिएको यो विद्यालयमा एक दिन अनुगमन गर्ने क्रममा प्रवेश गरेको र विद्यालयको अवस्था हेर्दा मन खिन्न भएकाले सोही दिनदेखि भौतिक सुधारमा ध्यान दिएर लागेको बताउनुभयो ।