📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

‘सुरेश वाग्ले क्यान्सर सेन्टर’ को सेवा शुभारम्भ हुँदै

🕒 August 17, 2022

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक सय ४० शय्याको ‘सुरेश वाग्ले क्यान्सर सेन्टर ’निर्माण भएको छ । क्यान्सरबाट पीडित बिरामीलाई विशिष्टीकृत सेवा प्रदान गर्ने उद्देश्यले रु ५५ करोडको लागतमा सेन्टर निर्माण गरिएको हो । उक्त सेन्टरको चाँडै शुभारम्भ गरिने जनाइएको छ ।

नयाँ सेन्टरबाट २५ शय्याको क्यान्सर वार्ड, २० शय्याको आइसीयू, ३० शय्याको एचडीयू, १५ शय्याको डेकेयर केमोथेरापीलगायतका सेवा प्रदान गरिने अस्पतालका कार्यकारी निर्देशक प्रा डा दिनेश काफ्लेले राससलाई जानकारी दिनुभयो ।

यसबाहेक उक्त सेन्टरमा तीन रेडियोथेरापी बङ्कर, एम्बुलेटरी बेड, बोनम्यारो ट्रान्सप्लान्ट सेन्टरलगायत रहनेछ । अहिले उक्त भवनमा कोरोनाका बिरामी राखेर उपचार गरिँदै आएको कार्यकारी निर्देशक डा काफ्लेले बताउनुभयो । ‘अण्डरग्राउण्ड’सहित आठतले उक्त भवनमा कर्मचारी व्यवस्थापन चुनौतीपूर्ण रहेको उहाँको भनाइ छ ।

विसं २०४० असार ३१ गते स्थापना भएको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले सुरुमा तीन सय शय्यामार्फत सेवा प्रदान गरिएको थियो । हाल उक्त सेवालाई विस्तार गरी एक हजार शय्यामार्फत बिरामीको उपचार गर्दै अस्पतालले जनाएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानद्वारा सञ्चालित सो अस्पतालले दैनिक दुई हजार हाराहारीमा बिरामीलाई बहिरङ्ग सेवा प्रदान गर्दै आएको छ । उक्त अस्पतालले ३६ विभिन्न विभागमार्फत बिरामीको उपचार गर्दै आएको कार्यकारी निर्देशक प्रा डा काफ्लेले बताउनुभयो ।

सो अस्पतालले गत आर्थिक वर्षमा चार लाख ५० हजार बिरामीलाई बहिरङ्ग सेवा प्रदान गरेको थियो भने एक हजार सात सय कडा खालको रोगको समेत उपचार गरेको थियो । कडा खालको रोगमा क्यान्सर, किड्नी, स्पाइनल इन्जुरी, अल्जाइमरलगायत रहेका छन् ।