📅 2083 साल जेठ 20 , शुक्रबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

बेलका नगरपालिका थाल्यो सप्तकोसी कटान तटबन्ध निर्माण

🕒 August 17, 2022

उदयपुरको बेलका नगरपालिकाको केही वडामा सप्तकोसी नदीको बाढी प्रवेश गरेर कटान गरेको झन्डै एक किलोमिटर क्षेत्रमा नगरपालिकाले कटान नियन्त्रणका लागि तटबन्ध निर्माण सुरु गरेको छ ।

नगरपालिकाका प्रमुख अशोक कार्कीका अनुसार केही दिनअघि मात्र बाढीले नगरको वडा नं २ ,३ र ८ का डुम्रीबोटसहितका क्षेत्रमा नदी कटानले गाउँघर असुरक्षित भएकाले नगरपालिकाले तटबन्ध निर्माण सुरु गरेको हो । सो निर्माणका लागि प्राविधिकहरुको सल्लाहअनुसार ढुङ्गा सङ्कलन र तारजाली जस्ता सामग्री जुटाउने र उपलब्ध गराउने काम भइरहेको नगरपालिकाले बताएको छ । विगतमा बोरामा बालुवा बाँधेर निर्माण गरेको तटबन्ध नदीले भत्काएकाले अब ढुङ्गाको पर्खाल र तारजाली लगाउन सुरु गरिएको नगरपालिकाकी उपप्रमुख जिरा राईले बताउनुभयो ।

तत्काल फेरि पनि विपत्ति आउन सक्ने हुनाले नगरपालिकाको अन्य विकासको बजेट कटौती गरेर झन्डै तीन करोडभन्दा बढी रकम नगरको वडा नं १ ३ र ८ को नदी कटान नियन्त्रणमा लगाउने जनाइएको
छ । यसका लागि सङ्घीय सरकार जलस्रोत मन्त्रालय र प्रदेश सरकारसँग सहयोगे माग गरिएको बेलकाका प्रमुख अशोक कार्कीले

बताउनुभयो ।

स्थायी तटबन्धन पहल गरेपनि यो कार्य केही वर्ष ढिला हुन सक्ने हुनाले तत्काल नै केही वडामा कोसी कटानको उच्च जोखिमबाट बचाउन नगरपालिकाको पहल र सक्रियतामा नै तटबन्ध बनाउन लागिएको बताइएको छ । केही दिनअघि बेलकाको कोसी क्षेत्र आसपासमा बाढी आउँदा झन्डै दुई हजार पाँच सयभन्दा बढी जनता अस्थायीरुपमा विस्थापित भएका छन् ।

अहिले पनि नदी कटानबाट विस्थापितमध्ये झन्डै पाँच सयलाई नगरपालिकाले अस्थायी शिविरमा राखेर राहत प्रदान गरिरहेको छ । नगरपालिकाको सिसौलिया, डुम्रीबोट, सातपत्रेलगायत श्रीलङ्का टापु र एबिसी टापुमा सप्तकोसीको बाढी प्रवेश गर्दा सो क्षेत्रका गाउँघर धेरै जोखिममा परेका छन् । त्यहाँका स्थानीय विस्थापित भएपछि अहिले पनि फर्केर गाउँघर प्रवेश गर्न नसकेको बेलका नगरपालिकाले बताएको

छ ।