📅 2083 साल जेठ 20 , शुक्रबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

विद्युत् महसुल ३० करोड सङ्कलन

🕒 August 17, 2022

नेपाल विद्युत् प्राधिकरण, पोखरिया वितरण केन्द्रले आर्थिक वर्ष २०७८÷७९ मा रु ३० करोड १६ लाख विद्युत् महसुल सङ्कलन गरेको छ । गत आवमा उक्त केन्द्रअन्तर्गत चार करोड ७२ लाख ७८ हजार ४१२ युनिट विद्युत् उपलब्ध भएकामा तीन करोड ५८ लाख ८७ हजार पाँच सय ६० युनिट विद्युत्को महसुल सङ्कलन गरेको केन्द्रले जनाएको छ ।

जिल्लाका १४ स्थानीय तह छन् । पर्सागढी नगरपालिका–५, ६ र ७ बाहेक अन्य सबैमा पोखरिया प्राधिकरणले आफ्नो सेवा प्रवाह गरिरहेको

छ । पोखरिया वितरण केन्द्रबाट सेवा लिने कूल सेवाग्राहीको सङ्ख्या ३८ हजार रहेको छ ।

केद्रका अनुसार आव २०७७÷७८ मा २८.०४ प्रतिशत विद्युत् चुहावट भएको थियो भने आव २०७८÷७९ मा २४.०९ प्रतिशत चुहावट भएको थियो । गत आवमा विद्युत् चुहावट गर्ने ४९० सेवाग्राहीलाई कारबाही गरिएको छ । उनीहरुले दुई लाख ६० हजार ३९४ युनिट विद्युत् चुहावट गरेका थिए । उनीहरुबाट रु ५२ लाख ३६ हजार असुल गरिएको केन्द्रले जनाएको छ । अघिल्लो आवभन्दा गत आवमा विद्युत् चुहावट ३.९५ प्रतिशतले कमि आएको छ ।

नौ सय ४७ सेवाग्राहीको रु नौ करोड पाँच लाख ५० हजार बक्यौता रहेकामा पाँच सय ४३ सेवाग्राहीबाट रु तीन करोड चार लाख ९७ हजार असूल गरिएको छ । प्राधिकरणको कालोसूचीमा रहेको कूल सेवाग्राहीको सङ्ख्या ४४७ रहेको छ । आव २०७८÷७९ मा पोखरिया विद्युत् प्राधिकरणले विभिन्न उपकरणको मर्मत सम्भारमा रु ३७ लाख ५० हजार खर्च गरेको छ ।

नेपाल विद्युत प्राधिकरण पोखरिया वितरण केन्द्रले आव २०७८÷७९ मा ३०१ बन्द रहेका मिटर नयाँ जडान गरेको छ भने छ हजार तीन सय ४८ मिटर पुनः शिलबन्दी गरेको छ ।