📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

बसले अटोलाई ठक्कर दिँदा तीन जनाको मृत्यु

🕒 August 18, 2022

रौतहटको चन्द्रपुर नगरपालिकामा आज बिहान यात्रुवाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २०१ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो रिक्सालाई पूर्वपश्चिम राजमार्गस्थित चन्द्रपुर नगरपालिका–२ लच्कामा आज बिहान ठक्कर दिँदा अटोमा सवार चारमध्ये तीन जनाको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा सर्लाही–२ सोल्टीका प्रेम ठाडामगर, ढकबहादुर लुङ्गेली मगर र अटो चालक रवि मगर रहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।

सोही घटनामा लुङ्गेलीकी श्रीमती सविना लुङ्गेली गम्भीर घाइते भएको तथा दुवै खुट्टामा चोट लागेकाले थप उपचारका लागि न्यूरो अस्पताल वीरगञ्जमा पठाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक सन्तुप्रसाद जैसवारले जानकारी दिनुभयो । दुर्घटनापछि बसका चालक चन्दनकुमार साहलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानको प्रक्रिया सुरु गरेको उहाँले बताउनुभयो ।