‘हरुवाचरुवासम्बन्धी वस्तुस्थितिको अध्ययन प्रतिवेदन २०७९’ कार्यान्वयन गर्नुपर्ने माग – News Nepal Media
Trend

‘मुक्त कमैया, कम्लहरी, हलिया र हरुवाचरुवासम्बन्धी वस्तुस्थितिको अध्ययन प्रतिवेदन २०७९’ को कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ । राष्ट्रिय दलित नेटवर्क (आरडिएन) नेपालले हरुवाचरुवा पुनःस्थापना तथा कमैया कमलरी तथा हलिया अझै पुनःस्थापना नसकेको भन्दै उनीहरुको पुनःस्थापनाका लागि प्रतिवदेन कार्यान्वयन गर्नुपर्ने माग गरेको हो ।

संविधानसभा सदस्य श्याम श्रेष्ठको संयोजकत्वमा गठित अध्ययन समितिले हालै सरकारलाई प्रतिवेदन बुझाएको छ । आरडिएनले आज विज्ञप्ति जारी गरी एक कार्यान्वयन संरचनाको गठन गरी आगामी निर्वाचनपूर्व मुक्त हरुवाचरुवाको तथ्याङ्क सङ्कलन गर्ने काम सम्पन्न गर्नुपर्नेमा जोड दिएको छ ।

“आफ्नो हकहितका लागि जसरी मुक्तिको आन्दोलनमा बन्धनको प्रवाह नगरी सक्रियतापूर्वक त्याग गर्नुभयो त्यसैगरी पुनःस्थापनाको आन्दोलनमा अझ सशक्तरुपमा एक भएर लाग्न मुक्त हरुवाचरुवा, हलिया तथा कमैया र कम्लरी आन्दोलनका अगुवालाई आह्वान गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ ।

विसंं २०५७ भदौ ६ गते दलित समुदायका बहुआयामिक समस्याको दीर्घकालीन समाधानका लागि ‘जातीय छुवाछूत र भेदभावविनाको अर्को नेपाल सम्भव छ, आउनुहोस् निर्माण गरौँ’ भन्ने मूल नाराकासाथ सो संस्था स्थापना गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP