📅 2083 साल जेठ 20 , शुक्रबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

मधेस प्रदेशका मुख्यमन्त्रीलाई हटाउने योजना छैन : अध्यक्ष यादव

🕒 August 23, 2022

जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई पदबाट राजीनामा दिन जसपाले निर्देशन नदिएको जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो,“मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन पार्टीले निर्देशन दिएको छैन र तत्काल पदबाट हटाउने योजनासमेत रहेको छैन । ”

आज बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्नुहुँदै सो कुरा बताउनुभएको हो । “मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन निर्देशन दिएको भनेर बाहिर आएको हल्लामा कुनै सत्यता छैन”, अध्यक्ष यादवले भन्नुभयो, “मुख्यमन्त्रीलाई त्यस्तो कुनै निर्देशन दिएको छैन, हटाउने कुनै योजना पनि छैन ।”

सातवटा प्रदेशका मुख्यमन्त्रीमध्ये छ प्रदेशको मुख्यमन्त्री फेरिए पनि मधेस प्रदेशको मुख्यमन्त्री फेरिएको छैन ।

यसैबीच मधेस प्रदेशका मुख्यमन्त्री राउतले पनि आफूलाई राजीनामा दिन कुनै निर्देशन नआएको जानकारी दिनुभएको छ । सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिनुहुँदै उहाँले आफूलाई पार्टी अध्यक्षबाट राजीनामाका लागि निर्देशन नआएको बताउनुभयो ।