📅 2083 साल जेठ 20 , शुक्रबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

दोबामा बालीको मूल्य र ज्याला निर्धारण

🕒 August 23, 2022

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा बालीको मूल्य र कामदारको ज्याला निर्धारण गरिएको छ । वडा भेलामार्फत खाद्यान्न बाली, तरकारी, दलहन र विभिन्न काम गर्ने कामदारको ज्याला निर्धारण गरिएको हो । वडासचिव मनकुमार गर्बुजाले वडा भेला गरेर मूल्य र ज्याला निर्धारण गरिएको जानकारी दिनुभयो ।

बालीको मूल्य र कामदारको ज्यालामा एकरुपता कायम गर्न भेलामार्फत निर्धारण गरिएको हो । हरेक वर्ष गाउँका अगुवाको भेला गरेर मूल्य र ज्याला निर्धारण गर्ने गरिएको छ । कोदो रु दुई सय ५०, मकै रु एक सय ७०, फापर रु तीन सय, सिमी तथा अन्य गेडागुडी रु सात सय, भटमास रु छ सय, आलु रु एक सय ८० प्रतिपाथीका दरले मूल्य निर्धारण गरिएको छ ।

दूध, दही, मोही, भैँसी र गाईको घ्यू, घर–भिर मह, रक्सी र जाँडको पनि मूल्य तोकिएको छ । यसैगरी बाउसे, दाउरा काट्ने र बोक्नेलाई रु सात सय, डकर्मी रु सात सय ५०, सिकर्मी रु नौ सय, गोरु हलीसहित सबै रु एक हजार ५००, प्लास्टर तथा ढलान रु आठ सय प्रतिव्यक्ति, प्रतिदिन खाजासहितको ज्याला कायम गरिएको छ ।

यसैगरी मेसिनमार्फत दाउरा र घाँस काट्ने रु सात सय, मिनीट्रिलरमार्फत खेत जोत्ने रु सात सय ५० प्रतिघण्टा, मेसिनमार्फत काठ काटेको रु १८, जङ्गे आरामार्फत छ फुटसम्म काठ काटेको रु २१ र छ फुटभन्दा बढी काठ काटेको प्रतिइन्च रु २४ मूल्य तोकिएको वडा कार्यालयले सोमबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ । करिब तीन सय घरधुरीको बसोबास रहेको दोवामा हरेक वर्ष गाउँसभा बस्ने गर्छ । महिला र पुरुषलाई विभेद नगरी ज्याला निर्धारण गरिएको वडाध्यक्ष दिलीप गर्बुजाले बताउनुभयो ।

बेनीमा प्राविधिक सेवा वडाबाटै

म्याग्दीको बेनी नगरपालिकाले भौतिक पूर्वाधार निर्माणका लागि प्राविधिक सेवा वडा कार्यालयबाटै उपलब्ध गराउन थालेको छ । रु पाँच लाखसम्मका योजनाको सम्झौता गर्ने अधिकार वडासचिवलाई प्रत्यायोजन गरेको नगरपालिकाले सर्वेक्षण, नापजाँच र मूल्याङ्कन गर्ने प्राविधिकलाई पनि वडामै खटाएको हो ।

यसअघि रु दुई लाखसम्म बजेट विनियोजन भएका योजनाको सम्झौता वडाबाटै गर्ने अभ्यास गरेको नगरपालिकाका प्राविधिकहरू वडा विभाजन गरेर नगरपालिकाको कार्यालयबाटै परिचालन हुने गरेका थिए । चालु आर्थिक वर्षदेखि सबइञ्जीनियरलाई वडा कार्यालयमै बसेर सेवा दिने गरी खटाइएको नगरप्रमुख सुरत केसीले बताउनुभयो ।

“उपभोक्ता समितिलाई नगरपालिकासम्म आउने जाने झन्झट हटाउनका साथै पूर्वाधार योजनालाई गुणस्तरीय बनाउन वडा कार्यालयमा प्राविधिक खटाएका हौँ”, उहाँले भन्नुभयो, “हाल सात जनालाई वडामा पठाएका छौँ । प्रदेश लोकसेवाबाट सिफारिस र सरुवा भएर आउने प्राविधिकलाई पनि वडामै पठाउने तयारीमा छौँ ।”

वडा नं १ र २ मा कमल थापा, ३ मा मिथीलेश्वर दास, ४ र ५ मा चन्द्रबहादुर थापा (कुमार), ६ मा गौरीश्वर रिजाल, ७ मा सन्ध्या रिजाल, ८ मा गोपाल मगर, ९ र १० मा सुनिल श्रेष्ठलाई प्राविधिकको जिम्मेवारी तोकिएको छ । वडाका योजना र प्राविधिकलाई सघाउन एक जना इञ्जीनियर नियुक्त गर्न लागिएको पनि नगरप्रमुख केसीले बताउनुभयो ।

पूर्वाधार शाखाका प्रमुख इञ्जीनियर विमलरञ्जन कार्कीलाई समग्र नगरपालिका, प्राविधिक अर्जुन थापालाई ठेक्का र विष्णु पौडेललाई भवनको नक्सापाससम्बन्धी जिम्मेवारी तोकिएको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेका योजनाको सर्वेक्षणका लागि नापजाँच थालिएको प्राविधिकले बताएका छन् ।

उपभोक्ता समिति गठन र सर्वेक्षणको प्रक्रिया सँगसँगै अघि बढाएको नगरपालिकाले निकासा र खर्चको अख्तियारी आउनेबित्तिकै सम्झौता गर्ने तयारी गरेको छ । यस वर्ष नगरपालिकाले रु १५ लाखसम्म बजेट विनियोजन भएका योजना उपभोक्ता समिति र सोभन्दा बढी बजेटका योजना ठेक्का प्रक्रियाबाट कार्यान्वयन गर्ने नगरप्रमुख केसीले जानकारी दिनुभयो।