📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

बन्दका कारण बालबालिकाको पढाइ प्रभावित भएकामा चिन्ता

🕒 August 23, 2022

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले विभिन्न चार वाम समूहले आज आह्वान गरेको भनिएको बन्दका काण लाखौँ बालबालिकाको शिक्षा आर्जन गर्न पाउने अधिकार कुण्ठित भएको जनाएको छ । बन्दको त्रासका कारण काठमाडौँलगायतका स्थानका विद्यालय बन्द भएकामा सो अभियानले चिन्ता पनि व्यक्त गरेको छ ।

सो अभियानका अध्यक्ष राजेश शर्मा र महासचिव मीना शर्माद्वारा जारी विज्ञप्तिमा बालबालिका र विद्यालय शान्ति क्षेत्र हुन् भन्ने स्थापित मान्यतालाई बेवास्ता गरेर बन्द आह्वान गरिएकामा आपत्ति जनाइएको छ । यस्ता बन्दका कार्यक्रम फिर्ता लिन र शान्तिपूर्ण क्रियाकलापबाट आफ्ना राजनीतिक मुद्दा उठाउन पनि विज्ञप्तिमा आग्रह गरिएको छ।