📅 2083 साल जेठ 20 , शुक्रबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

सुनसान पर्यटकीयस्थल ‘चमेरे गुफा’

🕒 August 26, 2022

दाङको तुलसीपुर उपमहानगरपालिका–४ मुलकोटस्थित पर्यटकीयस्थल चमेरे गुफा हिजोआज सुनसान छ । वर्षात्ले गर्दा गुफासम्ममा पुग्ने सडक बिग्रिएपछि त्यहाँ पर्यटकलाई पुग्न असहज हुने गरेको छ ।

मोटरसाइकल छिटफुटरुपमा जाने गरेको भए पनि गाडी जान सम्भव नहुँदा पनि पर्यटक आवतजावत गर्न समस्या हुने गरेको छ । दक्षिण एशियाकै दोस्रो ठूलो चमेरे गुफा भनेर दाबी गरिएको भए पनि त्यहाँसम्म पुग्ने सडक पक्की नहुँदा हरेक वर्ष वर्षात्मा त्यहाँ पर्यटक जाने गर्दैनन् । हिउँदका समयमा पर्यटकको घुइँचो लाग्ने गरेको त्यो स्थान हिजोआज सुनसान हुने गरेको गुफामा कार्यरत कर्मचारी सीताराम पुनले बताउनुभयो । “हिउँदमा धेरै जना आउछन्, भिडभाड धेरै हुन्छ”, उहाँले भन्नुभयो, “तर हिजो आज त हप्तामा पाँच÷सात जनाभन्दा बढी आउनसक्ने अवस्था छैन ।”

हिजो आज त्यहाँ पुग्नलाई निकै समस्या हुने गरेको आन्तरिक पर्यटक सुमित्रा आचार्यले बताउनुभयो । “हामी आउँदा निकै सङ्घर्ष गर्नुप¥यो, सडकको बीचमा खाल्डाखुल्डी छन्”, उहाँले भन्नुभयो । चमेरे गुफा पुग्नलाई तुलसीपुर उपमहानगरपालिकाको वडा नं ३ को हर्नेटी हुँदै वडा नं ४ को केही भाग पर्छ । अधिकांश भाग वडा नं ३ मा पर्छ । यी दुवै वडाको समन्वयमा गुफासम्म पुग्ने सडक पक्की बनाउने विषयमा छलफल भइरहेको तुलसीपुर–४ का वडाध्यक्ष तुलसी थापाले बताउनुभयो । “हामीले वडा नं ३ को वडाध्यक्षसँग पनि छलफल गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “दुईवटै वडाको संयुक्त पहलमा सडक पक्की बनाउने काम हुन्छ ।”

अहिलेसम्म चमेरे गुफाको सडक तथा अन्य संरचनाका लागि प्रदेश सरकारले रु ६५ लाख, सुजिता शाक्य फाउन्डेशनले रु १० लाख बजेट आएको छ । साथै चालु वर्षका लागि पर्सेनी हुँदै चमेरे गुफा पुग्नका लागि रु ७५ लाख बजेट विनियोजन भएको छ ।

उक्त गुफा २० वर्षअघि फेला परेको हो । ३० मिटर उचाइ, लम्बाइ १६ मिटर र चौडाइ सात मिटर रहेको छ भने तीन वटा तला रहेको छ । गुफामा एक हजार बढी मान्छे अट्ने आकारमा रहेको छ । गुफामा भएको पुरातत्वलाई अझै पनि पत्ता लगाउन सकिएको छैन । गुफामा एक हजार वर्ष पुराना अभिलेख फेला परेका छन् । गुफाभित्र परापूर्वककालका विभिन्न आकृति र स्तूप रहेका छन् । केही वर्षअघि स्थानीयको सक्रियतामा पहिलो पटक गुफाको चिरानीका लागि महोत्सव लगाइएको थियो । उक्त गुफा समुद्र सतहदेखि एक हजार दुई सय ३० मिटरको उचाइमा रहेको चमेरे गुफा एैतिहासिक, धार्मिक महत्व बोकेको स्थानीयले बताएका छन् ।