📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

दुर्लभ घडियाल संरक्षणका लागि घडियाल उत्सव

🕒 August 28, 2022

दुर्लभ घडियाल गोही संरक्षणका लागि कैलालीको टीकापुर–७ बैदीस्थित ढुङ्गाना टोलमा प्रथम घडियाल उत्सव आयोजना गरिएकोे छ । दुर्लभ घडियाल गोहीको संरक्षणसम्बन्धी सचेतना फैलाउन, स्थानीय बासिन्दा र स्थानीय सरकारलाई जिम्मेवार बनाउन उत्सव आयोजना गरिएको

हो ।

टीकापुर नगर प्रमुख रामलाल डगौरा थारूले महोत्सवको शुभारम्भ गर्दै डल्फिन तथा जलचर संरक्षणका लागि नगरपालिकाबाट सक्दो सहयोग रहने बताउनुभयो । “तटीय क्षेत्रका समस्या थुप्रै छन्, थुप्रै समस्या भएर पनि स्थानीयले जलचर संरक्षण गरिरहनुभएको छ”,उहाँले भन्नुभयो, “नगरपालिकाको स्रोतले भ्याउने सहयोग रहन्छ । हामी संरक्षण, पर्यापर्यटन विकासका लागि काम गर्ने योजनामै छौँ । हामीले नसके प्रदेश र सङ्घीय सरकारमा पहलसमेत गर्नेछौँ ।”

नगर उपप्रमुख खडकबहादुर शाहले डल्फिन क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सबै एकमत रहेको जनाउँदै नगरपालिका मात्रैको बजेटले सम्भव नभएकाले सबैले पहल र प्रयास गर्न आवश्यक रहेको बताउनुभयो । “हामी स्थानीयले संरक्षणका क्षेत्रमा पु¥याएको प्रयासमा खुसी छौँ”, शाह भन्नुहुन्छ, “सबै मिलेर विकास गर्ने हो । सङ्कटमा रहेका प्राणी संरक्षणका लागि भएका कानु्न कार्यान्वयन गर्नुपर्छ ।” डिभिजन वन पहलमानपुर कार्यालयका वन अधिकृत गोकुल रिजालले जलचर संरक्षणका लागि प्रदेश सरकारको प्रतिनिधिका रूपमा डिभिजन वन कार्यालयबाट हुने सबैखाले सहयोग गर्ने बताउनुभयो ।

वडा नं ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले जलचर, उभयचर तथा वन्यजन्तु संरक्षण अभियानमा साथ रहने बताउँदै यहाँको विकासका लागि पर्यटन प्रवद्र्धनमा जोड दिन आवश्यक रहेको बताउनुभयो ।

डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले दुई दशकदेखि आफूसहितका युवा स्थानीयस्तरमा संरक्षणका लागि काम गर्दै आएको बताउँदै अब सरकारको साथ चाहिएको बताउनुभयो । “डल्फिन संरक्षण क्षेत्रसमेत रहेको टीकापुर नगरपालिका–७, भजनी नगरपालिका–८ र ३ स्थित घडियाल गोही पाइने गरेका छन”, उहाँ भन्नुभयो, “आजभोलि मोहना, पथरैया, काँढा नदीको दोभानमा दुई दर्जन बढी घडियाल गोही देखिने गरेका छन् । यिनको संरक्षण आवश्यक छ । त्यसैले हामी लागिरहेका छौँ ।”

कार्यक्रम डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालले आयोजना गरेको हो । नदीमा पानी जलचर संरक्षणका लागि यहाँ साताव्यापीरूपमा विभिन्न कार्यक्रम गरिने भएका छन् । सात दिनसम्म यहाँ डल्फिन अवलोकन, ओत संरक्षणसम्बन्धी कार्यक्रम, चरा अवलोकन, सरसफाइ, गिद्द सचेतना दिवस, वत्तृmत्वकला प्रतियोगिता, वृक्षरोपणलगायतका कार्यक्रम गरिने अध्यक्ष ढुङ्गानाले जानकारी दिनुभयो ।

यसैगरी दुर्लभ डल्फिन र घडियाल संरक्षण क्षेत्र घोषणाका लागि सांसद, मन्त्री, नगरप्रमुख÷उपप्रमुखलाई एसएमएस पठाउने, सञ्चारकर्मी तथा संरक्षणकर्मीलाई सम्मान, पुरस्कार वितरणलगायतका कार्यक्रम गरिनेछन् । बैदीस्थित नदीका दोभानमा नजिकबाट डल्फिन अवलोकन गर्न आजभोलि दैनिक दर्जनौँ नागरिक आउने गरेका छन् ।