जलवायु सङ्कटकाल घोषणा गरेर विश्वको ध्यानाकर्षण गराउछौँ ः मन्त्री यादव

वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपाललाई ‘जलवायु सङ्कटकाल’ घोषणा गरेर विश्वको ध्यान तान्ने तयारी भइरहेको बताउनुभएको छ ।

आज यहाँ आयोजित एक कार्यक्रममा मन्त्री यादवले जलवायु परिवर्तनको उच्च जोखिममा रहेकाले नेपाललाई जलवायु सङ्कटकाल घोषणा गर्ने गरी तयारी भइरहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “जलवायु परिवर्तनका असर सबैतिर देखिने गरी पर्न थालेको छ । नेपालका हिमाल, कृषि, पानीका स्रोतलगायतका क्षेत्रमा जलवायु परिवर्तनको असर परिरहेको छ । नेपालमा जलवायु सङ्टकालको घोषणा गरी विश्वको ध्यानाकर्षण गर्नुपर्ने बेला भएको छ । हामी यसको तयारीमा छौँ ।” यसैगरी मन्त्री यादवले उक्त विषयमा सबै सरोकारवाला निकाय र विज्ञसँग छलफल गरेर नेपाल जलवायु सङ्कटमा पुगेको घोषणा गरिने जानकारी पनि दिनुभयो ।

उहाँले सङ्कटकाल घोषणाका लागि मन्त्रालयले यसको ‘मोडालिटी’ खोज्ने तयारी थालेको पनि बताउनु
भयो । उहाँले भन्नुभयो, “जलवायु सङ्कटकाल र जलवायु सङ्कट घोषणा गरिरहँदा तथ्यमा आधारित प्रमाण चाहिने भएकाले सोहीअनुसार हामी आगाडि बढिरहेका छौँ ।”

जलवायु परिवर्तन भइरहेको र यसका कारण उत्पन्न समस्या एवं असरका बारेमा सबै जानकार नै रहे पनि जलवायु सङ्कट तथा सङ्कटकाल घोषणा गर्न के कसरी मिल्छ भन्ने सम्बन्धमा अध्ययन भइरहेको उहाँको भनाइ थियो । उहाँले यसै विषयमा केन्द्रित रहेर मन्त्रालयले गृहकार्य थालेको जानकारी
दिनुभयो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *