📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

उपेन्द्र यादव– २ बाट सिफारिस

🕒 September 6, 2022

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको नाम सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मतरुपले सिफारिस भएको छ ।

जनता समाजवादी पार्टी नेपाल सप्तरी निर्वाचन क्षेत्र नं २ को सम्पन्न बैठकले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अध्यक्ष यादवलाई सर्वसम्मतरुपले सिफारिस गरिएको जसपाका कोषाध्यक्ष एवं प्रचार विभाग प्रमुख वृजमान तामाङले जानकारी दिनुभयो ।

जसपा अध्यक्ष यादव २०७४ सालको निर्वाचनमा पनि क्षेत्र नं २ बाटै प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको थियो । यस्तै सप्तरी निर्वाचन क्षेत्र नं १ बाट वर्तमान प्रतिनिधिसभा सदस्य डा सूर्यनारायण यादव, पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं (ख) का प्रदेशसभा सदस्य तथा मधेस प्रवेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहको नाम सिफारिस भएको कोषाध्यक्ष एवं प्रचार विभाग प्रमुख तामाङले

बताउनुभयो ।