📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

डेङ्गु नियन्त्रण गर्न ध्यानाकर्षण

🕒 September 6, 2022

राष्ट्रियसभाका सांसदहरुले मुलुकको समसामयिक विषयमाथि सरकारको ध्यानाकर्षण गराउनुभएको
छ ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले आगामी निर्वाचनमा महिला उम्मेदवारको प्रतिनिधित्व बढाउन, डेङ्गु रोग नियन्त्रण, अव्यवस्थित अवस्थामा रहेका सवारी साधनको व्यवस्थापनलगायत विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

सांसद अनिता देवकोटाले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा संविधानको मर्म र भावनालाई ध्यानमा राखी प्रत्यक्षतर्फ महिलालाई उम्मेदवार बढाउन सम्बन्धित सबै राजनीतिक दललाई अनुरोध गर्नुभयो । उहाँले डेङ्गु नियन्त्रणलाई लामखुट्टेको लार्भा नाश गर्ने कीटनाशक औषधि छर्कन र सचेतनाका लागि यथाशीघ्र प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद दिलकुमारी रावल थापा (पार्वती) ले देशभर करिब ३६ हजार सङ्ख्यामा सरकारी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी विभिन्न माग राखी लामो समयदेखि सङ्घर्षरत रहेको भन्दै उनीहरुलाई तह अनुसारको पारिश्रमिक सुविधा मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले मिटरब्याज पीडित नागरिकको समस्या समाधान गर्न पनि आग्रह गर्नुभयो ।

सांसद नन्दा चपाईंले काठमाडौँ उपत्यकामा अव्यवस्थित अवस्थामा रहेका सवारीसाधनको व्यवस्थापन गर्न माग गर्नुभयो । उपत्यकामा मात्रै एक हजार नौ सय ४९ थान सवारीसाधन अव्यवस्थित रहेको पाइएको र यसबारे दिगो व्यवस्थापनका लागि कानुनी रुपमा समाधानका लागि पहल गर्न आग्रह
गर्नुभयो ।

सांसद डा बिमला राई पौड्यालले जनताको करबाट तलब सुविधा लिने सार्वजनिक पदधारण गरेका सबै व्यक्ति जनताका सेवक हुन् शासक हैनन् भन्दै पदीय जिम्मेवारीमा रहेका व्यक्तिले श्रमिकमाथि गरेको व्यवहारबारे माफी माग्नुपर्ने धारणा राख्नुभयो ।