शुक्रबार , बैसाख ५, २०८२
नाबालिका बलात्कार मुद्दाका आरोपित दोषी ठहर – News Nepal Media
Trend

जिल्ला अदालतले तीन वर्षदेखि विचाराधीन नाबालिक बलात्कारको मुद्दा किनारा लगाएको छ । बलात्कृत भएकी बालिकाको मुद्दामा आरोपितलाई कसुरदार ठह¥याउँदै मुद्दा किनारा लगाइएको हो । सजाय भने अझै निर्धारण गर्न बाँकी रहेको छ ।

सजाय निर्धारणका लागि यही भदौ २७ गते पेसी तोकिएको जिल्ला अदालतले जनाएको छ । विसं २०७६ वैशाख १५ मा क्षिरेश्वर नगरपालिका–५ महेन्द्रनगरका राजकुमार साहले छिमेकी १४ र १२ वर्षे नाबालिकालाई बेहोस बनाएर बलात्कार गरेका थिए । भदौ २० गते न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले आरोपित साह दोषी रहेको ठहर गरेको छ ।

घटनाको एक महिनापछि १० जेठमा जिल्ला अदालतले आरोपितलाई थुनामा राख्न आदेश दिएको थियो । थुनामा पठाइसकेपछि २८ असोजमा यो मुद्दा पहिलोपटक अदालतमा पेसी चढेको थियो । पेसी चढेको पहिलो दिनको सुनुवाइ स्थागित भयो । त्यसयता २८ पटक यो मुद्दा पेसीमा चढ्यो ।

बलात्कारको मुद्दालाई प्राथमिकतामा राखेर सुनुवाइ गर्नुपर्ने भए पनि यो मुद्दाको हकमा भने त्यसो
भएन । मुद्दा दर्ताको चरणदेखि नै पीडित परिवारले कष्ट खेप्नुपर्यो । पीडित बालिकाका बुबाले भन्नुभयो, “गाउँमा आन्दोलन गरेर स्कुल बन्द गरेपछि मात्र मुद्दा दर्ता भएको थियो ।”

अहिले अदालतले आरोपीलाई दोष्ीा ठहर गरेपछि पीडितका बुबाले भन्नुभयो, “ढिला भए पनि अब अपराधीले सजाय पाउने भयो खुसी लागेको छ ।” कक्षा ६ मा पढ्ने पीडित बालिकाले घटनापछि स्कुल जान छाडेका थिए । उनीहरु बुबासँग काठमाडौँमा बसिरहेका थिए । पीडितका बुबा काठमाडौँमा नाइ (हजाम)को काम गर्छन् । बुबाले तीन वर्षसम्म रोकिएको बालिकाको पढाइ अब पुनः सञ्चालन गराउने सोचमा पुगेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क


TOP