📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

हुम्ला आउँदै भारतीय ‘सद्गुरु’

🕒 September 9, 2022

हिन्दू र बौद्ध धर्मावलम्बीको महत्वपूर्ण तीर्थस्थलका रुपमा चिनिने कैलाश मानसरोवरको दर्शनका लागि भारतीय प्रख्यात योगगुरु ‘सद्गुरु’ आज हुम्ला आउँदै हुनुहुन्छ ।

नेपाली भूमि हुम्लाको लिमि लाप्चाबाट कैलाश मानसरोवर दर्शनका लागि नेपाल पुगेका ‘सद्गुरु’ आज हेलिकोप्टर चार्टर गरेर सिमकोट आउन लाग्नुभएको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिनुभयो । चीनको वुहान प्रान्तबाट २०२० मा सुरु भएको कोभिड–१९ का कारण धार्मिक तथा सांस्कृतिक महत्वको कैलाश मानसरोवार आवतजावत गर्न चिनियाँ पक्षको रोक छ । दोस्रो पटक सद्गुरु हुम्लाको भू–भागबाटै दर्शन गर्ने गरी हुम्ला आउन लागेको प्रमुख जिल्ला अधिकारी परियारले जानकारी दिनुभयो । सद्गुरुको हुम्ला आवागमनका बारेमा सबै तयारी पूरा भएको बताइएको छ ।

नेपाली भूभाग लाप्चा भञ्ज्याङबाट कैलाश मानसरोवरको दर्शनका लागि आज हेलिकोप्टर चार्टर गरेर सद्गुरु नेतृत्वको टोली सिमकोट पुग्ने कार्यक्रम छ । सद्गुरुसँग आज मात्र ४० भन्दा बढीको टोली आउने छ । सद्गुरुको टोली पोखराबाट हेलिकोप्टरमा सिधै सिमकोट विमानस्थल अवतरण गर्ने उहाँको भ्रमणको जिम्मा लिएको द ट्रेकर सोसाइटीले जनाएको छ ।

आज बिहान सिमकोटमा भएका दुई हेलिकोप्टर पोखरा गएमा १० र नगए आठ वटा हेलिकोप्टरमा एकै साथ सद्गुरुको टोली सिमकोट आउने भएको द ट्रेकर सोसाइटीका हुम्ला प्रतिनिधि राजन अधिकारीले बताउनुभयो । (सद्गुरु)को टोलीले पूर्णिमाको मौका पारेर शनिबार (भोलि) हेलिकोप्टरबाट गएर लाप्चा भञ्ज्याङबाट कैलाश मानसरोवरको दर्शन गर्ने कार्यक्रम छ ।