📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

हनुमानगरको अतिक्रमण हटाइँदै

🕒 September 9, 2022

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकाले लामो समयदेखि सडक पेटिमा अतिक्रमण गरी राखिएका संरचना हटाउन थालेको छ ।

नगरप्रमुख वीरेन्द्र माझीले एक सूचना जारी गर्दै नगरपालिकाको कार्यालयको मूल गेट (प्रवेशद्वार) देखि उत्तरपट्टि करिब पाँच सय मिटर भारदह–हनुमानगर र राजविराज जाने सडकसम्मको सडक पेटिमा विगत लामो समयदेखि बनाइएका स्थायी टहरा हटाउन निर्देशन जारी गरेको छ ।

भारदह–हनुमानगर–राजविराज सडकखण्डअन्तर्गत भगवती मन्दिरदेखि मोहुली खोला पुलसम्म क्षेत्रमा दुर्घटना न्यूनीकरण गर्नका लागि लामो समयदेखि सडक अतिक्रमण गरी राखिएका पुराना संरचनासमेत हटाउन आग्रह गरिएको नगरप्रमुख माझीले जानकारी दिनुभयो ।

साथै उक्त ठाउँमा सर्वसाधारण जनतालाई आवतजावतमा कठिनाइ भइरहेको भन्दै सडकको फुटपाथसहित सडकको दायाँबायाँमा राखिएका होडिङ बोर्ड, अस्थायी संरचना, रिक्सा, ठेला, टेम्पो र फुटफातमा राखिएका खुद्रा पसल निर्माण सामग्री तत्काल चाँडो हटाउनुपर्ने बताइएको

छ । अनाधिकृतरुपमा फुटपाथ पसल सञ्चालन गरेर बसेकालाई हटाउन सूचना जारी गर्दै हाट बजारमा राखिएका मानिसलाई समस्या हुने गरी सानातिना पसल सात दिनभित्रमा हटाउन भनिएको छ ।