📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

गोदावरीको उत्कृष्ट विद्यालय लालीगुराँस

🕒 September 9, 2022

ललितपुरको गोदावरी नगरपालिकाअन्तर्गतका विद्यालयमध्ये वडा नं १४ स्थित लालीगुराँस माविले प्रथम स्थान हासिल गरी नगद रु २५ हजार पुरस्कारसहित सम्मानपत्र प्राप्त गरेको छ ।

नगरपालिकाभित्रका उत्कृष्ट विद्यालय तथा एसइई २०७८ मा उच्च जिपिए प्राप्त गरेका विद्यार्थीलाई सम्मान गर्न आयोजित सम्मान कार्यक्रममा लालीगुराँस माविकी छात्रा सन्देसा गुरुङले उच्च जिपिए चार प्राप्त गरी प्रथम भई नगद पुरस्कारसहित सम्मानपत्र प्राप्त गर्नुभएको प्राध्यापक विनोद देवकोटाले जानकारी दिनुभयो ।

विद्यालयले कोभिड महामारीको समयमा समेत अनलाइन कक्षा सञ्चालन गरी विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रधान गर्दै आएको हो । विगतमा समेत जिल्ला उत्कृष्ट विद्यालयभित्र पर्न सफल यस विद्यालयले विद्यार्थी केन्द्रित अन्तक्र्रियात्मक प्रणाली अपनाइ शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्ने भएकाले विद्यार्थीलाई उत्कृष्ट नतिजा हासिल गर्न सहज हुने गरेको छ ।