आदिवासी जनजाति महासङ्घ काभ्रेको अध्यक्षमा भुजेल – News Nepal Media
Trend

नेपाल आदिवासी जनजाति महासङ्घ काभ्रेपलाञ्चोकको अध्यक्षमा सुरेश भुजेल चयन हुनुभएको छ । शनिवार बनेपामा सम्पन्न चौथो जिल्ला अधिवेशनले उहाँको अध्यक्षतामा १९ सदस्यीय नयाँ समिति गठन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा साधुराम राना, उपाध्यक्ष होमराज माझी र श्रीकृष्ण पहरी, सचिव हरिचन्द्र लामा र सहसचिव पुनमाया कर्माचार्य श्रेष्ठ तथा शम्भुबहादुर गुरुङ चयन हुनुभएको छ भने कोषाध्यक्ष पहिलो बैठकले मनोनित गर्ने जनाइएको छ । यसैगरी सदस्यमा क्रमशः रेशम माझी, तिब्बत दर्लामी मगर, जमुना भुजेल, देव लामा, भुपालसिंह तामाङ, लालबहादुर वाइबा, छेवाङ लामा, सीताराम लामा र राजकुमार लामा चयन हुनुभएको छ ।

नेपाल आदिवासी जनजाति महासङ्घका उपाध्यक्ष युवराज जिरेल, नेपाल तामाङ घेदुङका उपमहासचिव हर्क लामा र महासङ्घ काभ्रेका पूर्वअध्यक्ष कान्छाराम तामाङले सङ्गठन निर्माण, विस्तार र प्रशिक्षणलाई नेतृत्वले जोड दिन आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP