📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

आदिवासी जनजाति महासङ्घ काभ्रेको अध्यक्षमा भुजेल

🕒 September 11, 2022

नेपाल आदिवासी जनजाति महासङ्घ काभ्रेपलाञ्चोकको अध्यक्षमा सुरेश भुजेल चयन हुनुभएको छ । शनिवार बनेपामा सम्पन्न चौथो जिल्ला अधिवेशनले उहाँको अध्यक्षतामा १९ सदस्यीय नयाँ समिति गठन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा साधुराम राना, उपाध्यक्ष होमराज माझी र श्रीकृष्ण पहरी, सचिव हरिचन्द्र लामा र सहसचिव पुनमाया कर्माचार्य श्रेष्ठ तथा शम्भुबहादुर गुरुङ चयन हुनुभएको छ भने कोषाध्यक्ष पहिलो बैठकले मनोनित गर्ने जनाइएको छ । यसैगरी सदस्यमा क्रमशः रेशम माझी, तिब्बत दर्लामी मगर, जमुना भुजेल, देव लामा, भुपालसिंह तामाङ, लालबहादुर वाइबा, छेवाङ लामा, सीताराम लामा र राजकुमार लामा चयन हुनुभएको छ ।

नेपाल आदिवासी जनजाति महासङ्घका उपाध्यक्ष युवराज जिरेल, नेपाल तामाङ घेदुङका उपमहासचिव हर्क लामा र महासङ्घ काभ्रेका पूर्वअध्यक्ष कान्छाराम तामाङले सङ्गठन निर्माण, विस्तार र प्रशिक्षणलाई नेतृत्वले जोड दिन आवश्यक रहेको बताउनुभयो ।