📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

तीन हजार सात सय बिधार्थीलाई शैक्षिक तथा स्वास्थ्य सामग्री बितरण

🕒 September 11, 2022

हिमानी ट्रस्टले गोरखाका सामुदायिक बिद्यालयमा अध्ययनरत तीन हजार सात सयभन्दा बढी बिधार्थीलाई शैक्षिक तथा स्वास्थ्य सामाग्री बितरण गरेको छ । उक्त ट्रस्टले जिल्ला भित्रका ४० बिद्यालयमा अध्ययनरत तीन हजार सात सय ५० बिधार्थीलाई उक्त सामग्री बितरण गरेको कार्यक्रम संयोजक मोहसिन अलिमियाँले जानकारी दिनुभयो ।
ट्रस्टले बिधार्थीहरुलाई ब्यागभित्र नेपाली तथा अग्रेजी अभ्यास पुस्तक, कलर बक्स, स्टेशनरी बक्स, सिसाकलम, हेल्थ ब्याग, लन्च बक्स, पानीको बोटल, माक्स, साबुन, मन्जन, ब्रस, ब्यान्डेज र फ्रेण्डसिप कार्डसमेत राखेर गोरखा नगरपालिका, भीमसेन थापा गाउँपालिका, शहीद लखन गाउँपालिका, पालुङटार नगरपालिका र धार्चे गाउँपालिकाको बिद्यालयका बालबालिकालाई उक्त सामग्री बितरण गरेको उहाँले बताउनुभयो ।
ट्रस्टकी अध्यक्ष हिमानी शाह र उहाँकी छोरी कृतिकाले चाइना फाउण्डेनमार्फत प्राप्त उक्त सामाग्री शनिबार स्कुलले बिद्यार्थीहरुलाई बितरण गर्नुभएको थियो ।