📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

उपन्यास बिक्रीको रकम समाजसेवामा

🕒 September 11, 2022

उपन्यासकार मणि नेपाली पनेरुले आफ्नो पुस्तक ‘सात जुनी’ को बिक्रीबाट प्राप्त रु एक लाख समाजसेवाका लागि प्रदान गर्नुभएको छ ।

लेखक पनेरुले उक्त रकम माइती नेपालीका संस्थापक एवं सिएनएन हिरो अनुराधा कोइरालामार्फत ‘सात जुनी विकास कोष’ मा हस्तान्तरण गर्नुभएको छ । उक्त कोषमा हेमा पनेरु अध्यक्ष र कलाकार अविनाश न्यौपाने उपाध्यक्ष रहनुहुनेछ ।

हाल संयुक्त राज्य अमेरिका बस्दै आएका गोरखाको सौरपानीमा जन्मिएका पनेरुले सौरपानीलाई नै आधारविन्दु बनाई त्यहाँका समस्या समाधानमा सहयोग पुग्ने गरी कोष स्थापना गरिएको जनाउनुभयो ।

गत महिना पनेरुद्वारा लिखित चार कृति उपन्यास ‘सात जुनी’, बालकविता सङ्ग्रह ‘हाम्रो झन्डा’, गीति सङ्ग्रह ‘स्वर्गको गाथा’ र कविता संग्रह ‘मुटु हराएको मान्छे’ एकसाथ लोकापर्ण गरिएको थियो ।