📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

पासाङल्हामु मार्ग सञ्चालनको तयारी

🕒 September 11, 2022

अविरल वर्षाका कारण क्षतिग्रस्त रसुवाको पासाङल्हामु मार्ग पुनः निर्माण कार्य तीब्ररुपमा अगाडि बढाइएको छ । उत्तरी नाका रसुवागढीबाट आयात भएका चिनियाँ माल सामग्री काठमाडौँ ढुवानी गर्न नसकिएपछि पुनः निर्माणको कार्य छिटोछरितो बनाइएकोे होे ।

गत साउन २४ गते रातिको वर्षाले उत्तरगया गाउँपालिका वडा नं ५ बनुवा घुम्तीमा करिब ७० मिटर सडकमा क्षति पुगेपछि पूर्णरूपमा सवारीसाधनको आवतजावत रोकिएको छ । डिभिजन सडक कार्यालय नुवाकोटका डिभिजनल इञ्जिनीयर एवं कार्यालय प्रमुख अमृतमणि रिमालका अनुसार बनुवा घुम्तीस्थित पासाङल्हामु मार्गबाट अबको १० दिनभित्र एकतर्फीरूपमा भए पनि यात्रुवाहक बस एवं मालवाहक कन्टेनर सञ्चालन गराउने लक्ष्य राखी काम अगाडि बढिरहेको छ ।

समग्रमा पहिरो स्थलको सडक पुनः निर्माण कार्य ६५ प्रतिशत पूरा भएको निर्माणमा संलग्न सुन्धरादेवी निर्माण सेवाका इञ्जिनीयर निर्मल प्याकुरेलले स्थलगतरूपमा जानकारी दिनुभयो । लगाउनुपर्ने दुई हजार आठ सय घनमिटरमध्ये एक हजार आठ सय घनमिटर जाली पर्खाल तयार भइसकेको बताइएको छ । विपद् व्यवस्थापनअन्तर्गत छिटोछरितो पुनःनिर्माणको काम गराउन सडक प्रमुख रिमालले निर्देशन दिनुभएको छ ।

पहिराका कारण सडक मार्ग अवरुद्ध हुँदा नेपाल चीनबीचको व्यापारी कारोवारका साथै उत्तरी रसुवामा निर्माणाधीन जलविद्युत्का सामग्री ढुवानीमा समेत बाधा परिरहेको छ । पहिराका कारण माल सामग्री ढुवानी गर्न नपाउँदा उपकरण जडान कार्यमासमेत समस्या भएको एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाले जनाएको छ ।

व्यापारी व्यवसायीले रसुवागढी नाकाबाट काठमाडौँ लान तयार गरेको साढे दुई अर्बभन्दा बढीको माल सामग्री केरूङमा अलपत्र परेका छन् । रसुवाको सडक अवरुद्ध र केरूङमा उत्पन्न कोभिड रोगका कारण सामान आयात हुन नसक्दा व्यापार व्यवसायलाई ठूलो समस्या आएको व्यवसायी धर्म पौडेलले बताउनुभयो ।

पहिराका कारण बनुवा घुम्तीतर्फको पासाङल्हामु मार्ग बन्द भएपछि वैकल्पिक मार्गका रूपमा सञ्चालन गरिएको धारापानी तारूकेतर्फको ग्रामीण सडकबाट भने टाटासुमो जीपले नियमित सेवा दिइरहेको र एम्बुलेन्ससमेत गुडिरहेको कालिका गाउँपालिका–३ का वडाध्यक्ष फणीन्द्रप्रसाद न्यौपानेले बताउनुभयो ।

नियमित बस सेवाले भने लहरे र माझगाउँ क्षेत्रबाट यात्रुको पल्टिगरी सेवा दिइरहेको बस व्यवसायीले बताएका छन् । सडक अवरुद्ध भए यता निर्माण सामग्रीको अभावमा विकासका सबै कार्य ठप्प भएका छन् ।