📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

वनमन्त्री यादव र राजदूत अहमदबीच ‘कोप–२७’ बारे छलफल

🕒 September 12, 2022

वन तथा वातावरणमन्त्री प्रदीप यादव तथा नेपालका लागि इजिप्टका राजदूत नोहाहाम्दी अहमदबीच आज मन्त्रालयमा भेटवार्ता तथा छलफल भएको छ । उहाँहरुका बीचमा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–२७) मा नेपालको सहभागिता र सो सम्मेलनसँग सम्बन्धित अन्य समसामयिक विषयमा छलफल भएको हो ।

जलवायुसम्बन्धी उक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२७ इजिप्टको शर्म–अल–शेखमा सन् २०२२ नोभेम्बर ७ देखि १८ सम्म आयोजना हुँदैछ । सो सम्मेलनमा नेपालले पनि सहभागिता जनाउँदैछ ।

आज भएको उक्त भेटका क्रममा राजदूत अहमदले कोप–२७ मा सहभागिताका लागि मन्त्री यादवलाई आग्रह गर्नुभएको थियो । मन्त्री यादवले कोप–२७ मा नेपालका तर्फबाट एक उच्चस्तरीय टोली सहभागी हुने र त्यसका लागि तयारी भइरहेको जानकारी राजदूतलाई गराउनुभएको थियो ।