विकट गाउँमा स्वास्थ्यको सहज पहुँच

बागलुङ, भदौ २८ ९रासस०ः बागलुङको सबैभन्दा दुर्गम मानिन्छ तमानखोला । भौगालिक हिसाबले निकै विकट मानिने तमानखोला गाउँपालिकामा पाँच वर्ष अगाडि तीन वटा मात्रै स्वास्थ्य चौकी भए पनि त्यहाँ सामान्य औषधि पाउन पनि मुस्किल हुन्थ्यो । स्थानीयवासी बिरामी पर्दा स्वास्थ्य संस्थाभन्दा धामी झाँक्रीकोमा पुग्थे । अस्पताल जानै परे घण्टौको यात्रा गरेर बुर्तिबाङसम्म झर्ने गर्थे ।

अहिले गाउँपालिकाको सबै वडामा स्वास्थ्य संस्था छन् । छ वटा वडा रहेको तमानखोलाको तीन स्थानमा प्राथमिक स्वास्थ्य परामर्श केन्द्र, तीन स्थानमा सामुदायिक स्वास्थ्य एकाइ र तीन स्थानमा स्वास्थ्य चौकी सञ्चालनमा छन् । स्थानीयवासी पनि धामी झाँक्री खोज्न छोडेर स्वास्थ्य संस्थामै पुग्न थालेका छन् । अहिले गाउँपालिकाले स्वास्थ्य सेवामा उल्लेख्य सुधार गरेकाले स्थानीयवासीसमेत खुसी भएका छन् ।

“हाम्रो पालामा बिरामी परे धामी झाँक्री खोज्ने गरिन्थ्र्योे, अहिलेको जस्तो अस्पतालहरु थिएन, गाउँमा कोही ठूलै बिमारी प¥यो भने डोकोमा बोकेर अस्पताल लग्थे, अहिले गाउँमै अस्पताल बनेको छ”, स्थानीय चन्द्रमाला विकले भन्नुभयो, “ज्वरो आयो भने वा काँसो लाग्यो भने उत्तिबेलै औषधि पाइहालिन्छ, अहिले त धेरै सुविधा भएको छ, धामी झाँक्री खोज्न पर्दैन ।”

साविकका तमान, बोङ्गादोभान र खुङ्खानी गाविस मिलेर बनेको तमानखोलामा पहिले तीन स्वास्थ्य चौकी भए पनि स्थानीयवासीले सहज रुपमा स्वास्थ्य सेवा पाउन सकेका थिएनन् । वडा–वडामा स्वास्थ्य संस्था स्थापना भएपछि उपचारका लागि निकै सहज भएको चन्द्रमालाले बताउनुभयो । उहाँले गाउँमा स्वास्थ्य संस्था नहुँदा ज्वरोको लागि पनि घण्टौँ लगाएर डोकोमा बोकेरै बुर्तिबाङ पु¥याउन लाग्दा कतिपयको बाटेमै मृत्यु हुने गरेको जानकारी दिनुभयो ।

“अहिले कोही सिकिस्त बिरामी भयो भने नजिकको अस्पतालमा जाँच हुन्छ, यहाँ नभए अर्को अस्पतालमा लैजान भनिहाल्छन्, उति बेला त गाउँमा कोही बिरामी भए भने सिकिस्त नहुँदासम्म घरमै सुत्ने, सिकिस्त भएपछि डोकोमा बोकेर अस्पतलामा पु¥याउँने गथ्र्यौँ । त्यसरी अस्पताल लग्दै गर्दा कतिको बाटोमै मृत्यु भयो, कोही निको भएर आए” चन्द्रमालाले भन्नुभयो, “अब त्यस्तो समस्या गाउँलेले भोग्न पर्दैन होला, त्यस्तो दिन आउँदैन होला ।”

वडा नं ५ का मीनबहादुर सिर्पालीले गाउँमा स्वास्थ्य संस्था खुलेपछि आफूलाई उपचार गर्न निकै सहज भएको बताउनुभयो । उहाँले सामान्य चोटपटक लाग्यो भने उपचारका लागि गाउँपालिकाको केन्द्र बोङ्गादोभान जानुपर्ने समस्या हटेको र नजिकमा अस्पताल नहुँदा वर्षौँ दुःख पाए पनि अहिले सहज भएको बताउनुहुन्छ ।

“दुर्गम गाउँमा छौँ, बिरामी परे पनि टाढा जानुपथ्र्यो, केही वर्ष भयो, अहिले गाउँमै उपचार गर्न पाएका छौँ, यसले यहाँका सयौँ जनतालाई सुविधा दिएको छ, पहिले त सानो घाउ भयो भने, चोटपटक लाग्यो भने बोङ्गादोभान जान पथ्र्यो, अहिले गाउँमै उपचार हुन्छ”, सिर्पालीले भन्नुभयो, “गाउँमा स्वास्थ्यको सहज पहुँच नहुँदा पहिले धेरैले अकालमा ज्यान गुमाए, अहिले त बिरामी हुनेवित्तिकै स्वास्थ्य चौकी पुगिहाल्छन् र यहाँ उपचार हुन सकेन भने ठूलो अस्पतालमा गएर उपचार गराउँछौँ ।”

पहिले घण्टौ लगाएर स्वास्थ्य संस्थामा आउने नागरिक अहिले आधा घण्टामै आउन सक्छन् । गाउँपालिकाले वडा नम्बर ६ को नर्जाखानी, नम्बर ४ को लाम्मेला र वडा नम्बर २ को बोङ्खानीमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेको छ भने वडा नम्बर १ को सम्मर, वडा नम्बर २ को सिल्गुम र वडा नम्बर ५ को थास्पुरीमा प्राथमिक स्वास्थ्य परामर्श केन्द्र सञ्चालन गरेको छ ।
गाउँपालिका हुनुभन्दा पहिले वडा नम्बर १ को बोङ्गादोभान, वडा नम्बर ३ को तमान र वडा नम्बर ५ को खुङ्खानीमा मात्रै स्वास्थ्य चौकी थियो । पालिकाले सामुदायिक स्वास्थ्य एकाइ र प्राथमिक स्वास्थ्य एकाइ स्थापना नगर्दासम्म तमानखोलावासीले यी तीन स्वास्थ्य चौकीबाट मात्रै सेवा लिनुपर्ने अवस्था
थियो ।

गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले आफूले पहिलो कार्यकालको सुरुदेखि नै स्वास्थ्य र शिक्षामा प्राथमिकता दिएको भन्दै अहिले विस्तारै सुधारोन्मुख अवस्थामा रहेको बताउनुभयो । उहाँले दुर्गमको गाउँपालिका भएको हुँदा नागरिकलाई शिक्षित र स्वस्थ राख्नका लागि ती क्षेत्रमा बढी लगानी गरिएकाले अहिले यी क्षेत्रमा सुधार हुँदै गएको बताउनुभयो ।

“हाम्रो पालिका भौगोलिक रुपले निकै पछाडि परेकाले यहाँको स्वास्थ्य र शिक्षाको अवस्था पनि निकै कमजोर थियो, हामी आएपछि केही सुधार भएका छन्, अझै सुधार हुँदै जाने प्रक्रियामा छन्”, अध्यक्ष बुढामगरले भन्नुभयो “नागरिकको चेतनास्तरको वृद्धि र उनीहरुलाई स्वस्थ राख्ने हाम्रो दायित्व भएको हुँदा अहिले सबै वडामा स्वास्थ्य संस्था स्थापना भएका छन्, कोही पनि नागरिकले आधा घण्टाभन्दा बढी हिँडेर उपचार गर्नुपर्ने छैन । धेरैलाई पायक पर्ने ठाउँमै स्वास्थ्य संस्था सञ्चालन गरेका छौँ ।”

उहाँले आमनागरिकलाई सहजरुपमा गुणस्तरीय स्वास्थ्य सेवा दिनका लागि पालिकाले विभिन्न स्थानमा स्वास्थ्य परामर्श केन्द्र र सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेको भन्दै अब कोही पनि सामान्य उपचारका लागि घण्टौँ लगाएर स्वास्थ्य संस्था पुग्नुपर्ने अवस्था नरहेको बताउनुभयो । अध्यक्ष बुढामगरले आफू आउनु अघिको अवस्था स्मरण गर्दै अब कुनै पनि नागरिकले उपचार नपाएर मृत्युको मुखमा पुग्न नपर्ने बताउनुभयो ।

“अब कोही पनि नागरिक स्वास्थ्य उपचार नपाएर मर्नुपर्दैन, गाउँ–गाउँमा स्वास्थ्य संस्था छन्, त्यहाँ उपचार हुन नसके स्वास्थ्य चौकी छन्, त्यहाँ पनि उपचार हुन नसके बल्ल ठूलो अस्पतालमा जानुपर्छ । पहिलेको जस्तो समान्य उपचारका लागि दिनभरी लागएर बुर्तिबाङ जानुपर्ने अवस्था अब हट्यो”, उहाँले भन्नुभयो, “हामीले पालिकामै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान कसरी प्रदान गर्न सकिन्छ भनेर थप योजना पनि बनाइ रहेका छौँ ।” गाउँपालिकामा पाँच श्ययाको पालिकास्तरीय आधारभूत अस्पताल निर्माण हुने भएको छ । त्यसका लागि जग्गा व्यवस्थापन भइरहेको अध्यक्ष बुढा मगरको भनाइ थियो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *