📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

पहिरो खस्दा भीमदत्त राजमार्ग अवरुद्ध

🕒 October 10, 2022

लगातारको अविरल वर्षाले कैलालीको गोदावरी नगरपालिका वडा नं ४ मा पहिरो खस्दा भीमदत्त राजमार्ग अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार उक्त स्थानमा प्रहरी सहायक निरीक्षक दिलबहादुर बोगटीको नेतृत्वमा तीन जना प्रहरीको टोली खटाइएको छ । बाटो खुलाउने कार्य भइरहेको प्रवक्ता जोशीले जानकारी दिनुभयो ।

अहिले वर्षाका कारण सुदूरपश्चिम प्रदेशका ग्रामीण सडकमा क्षति पुगेको छ भने पहाडी सात जिल्ला जोड्ने राजमार्ग अवरुद्ध भएपछि आवतजावत ठप्प भएको छ ।