📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

सर्पले डसेर मृत्यु

🕒 October 10, 2022

गएराति सर्पले डस्दा स्याङ्जाको वालिङमा एक पुरुषको मृत्यु भएको छ । स्याङ्जाको वालिङ–८ बोगटीडाँडाका ५५ वर्षीय निलबहादुर खाँणको उपचारका क्रममा गह्रौँ प्राथमिक अस्पताल वालिङमा निधन भएको अस्पतालका सूचना अधिकारी उदयबहादुर पौडेलले जानकारी दिनुभयो ।

गएराति ११ः३० बजे सर्पले डसेपछि उपचारका लागि अस्पताल ल्याइएकामा त्यहाँ उपचार सम्भव नदेखिएपछि रिफर गरिएको उहाँले जानकारी दिनुभयो ।

“सर्पले डसेपछि अस्पतालसम्म ल्याई पु¥याउँदा विष लागिसकेको अवस्था थियो, रगतै वान्ता गर्नेलगायत लक्षण देखिइसकेको थियो”, सूचना अधिकारी पौडेलले भन्नुभयो, “यहाँ उपचार सम्भव नभएपछि तत्कालै रिफर ग¥र्यौं तर बिहान ४ बजेतिर यहीँ अस्पतालमै बिरामीको मृत्यु

भयो ।” खाँणको बायाँ हातका दुई ठाउँमा करेत सर्पले डसेको थियो । स्थानीयवासीले बिरामीसँगै सर्प पनि मारेर अस्पताल ल्याएका थिए ।