📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

खसी बिक्री नहुँदा किसान निराश

🕒 October 10, 2022

दसैँमा बिक्री गर्न तयार पारिएका खसी बिक्री नहुँदा बाँकेका किसान महिला निराश भएका छन् । यो वर्षको दसैँ र तिहारलाई लक्षित गरी बाँकेका किसान महिलाले एक हजार सात सय खसी बिक्री गर्ने लक्ष्य रहेकोमा हालसम्म जम्मा पाँच सय मात्र खसी बिक्री भएको सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घ बाँकेकी अध्यक्ष वसन्ती सुनारले जानकारी दिनुभयो ।

उहाँका अनुसार, यो वर्षको दसैँमा खसीको माग कम भएका कारण बिक्री नहुँदा ग्रामीण क्षेत्रका किसान महिला निराश भएका छन् । बाँकेको कचनापुर, महादेवपुरी, फत्तेपुरलगायत गाउँमा महिलाले उत्पादन गरेका खसी सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घ बाँकेमार्फत काठमाडौँलगायत बाहिरी जिल्लामा बिक्री वितरणहुँदै आएको छ ।

विगतमा काठमाडौँका व्यापारीसँग मिलेर खसी काठमाडौँ पठाउने गरिए पनि अहिले त्यो गर्न नसकिएका कारण खसी बिक्री कम भएको सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घका व्यवस्थापक नवीन साहुले जानकारी दिनुभयो । व्यावसायिक रुपमा बाख्रापालन गरिरहेका महिलाले तौल गरेर खसी बिक्री गर्दै आएका छन् । महिलाले व्यावसायिक रुपमा बाख्रापालन गर्न थालेपछि बाँकेमा खसीबोका उत्पादनमा वृद्धि भएको साहुको भनाइ छ । महिलाले वर्षमा अहिले १० देखि १२ वटासम्म खसी बिक्री गर्न थालेको उहाँले जानकारी दिनुभयो ।

पहिले फाट्टफुट्ट खसीबोका बिक्री गर्ने महिला अहिले थोकमा बिक्री गर्न थालेका छन् । गाउँमा समूहमा आवद्ध महिलाले घरमा उत्पादन गरेका खसीको बजार व्यवस्थापनको काम महिला उद्यमी जिल्ला सङ्घले गर्दै आएको छ । सङ्घमा १७ सामाजिक उद्यमी महिला सहकारी संस्था आवद्ध रहेका छन् । यी सहकारी संस्थामा बाँकेमा मात्रै करिब १४ हजार महिला आवद्ध रहेको महिलाको क्षेत्रमा काम गर्दै आएको महिला उपकार मञ्चकी पूर्व अध्यक्ष बिजुला अधिकारीले बताउनुभयो ।