📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

बाबुछोरा चुनावी मैदानमा

🕒 October 10, 2022

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको लागि आइतबार मनोनयन प्रक्रिया सम्पन्न भएको छ । मनोनयन गर्दा राजनीतिक दलका नेता मात्र हैन स्वतन्त्र रुपमा मनोनयन दर्ता गर्नेको सङ्ख्या पनि उल्लेख्य रहेको छ ।

आफू नै संलग्न रहेको राजनीतिक दलका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने पनि देखिएका छन् । यस्तै रोचक मनोनयन भएको छ रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा । यो क्षेत्रमा बाबु र छोराले स्वतन्त्र रुपमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको लागि उम्मेदवारी दिएको पाइएको छ ।

नेकपा (माओवादी केन्द्र)का नेतासमेत रहनुभएको फैज अहमद खाँनले क्षेत्र नं ३ को प्रदेशसभा सदस्य ‘क’ तर्फ स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँकै छोरा २८ वर्षीय ईमदाद हुसेन खाँनले भने स्वतन्त्रतर्फ नै प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।

सिद्धार्थनगर नगरपालिका–९ मा बस्दै आउनुभएका खाँन परिवारबाट प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य दुबै पदको लागि स्वतन्त्र उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाका अनुसार रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्य पदका लागि जम्मा २४ जनाको उम्मेदवारी परेको छ ।

यीमध्ये ११ जनाको दलीय रुपमा उम्मेदवारी परेको १३ जनाको स्वतन्त्र रुपमा उम्मेदवारी परेको उहाँले जानकारी दिनुभयो । यसै क्षेत्रबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभा सदस्यको लागि मनोनयन दर्ता गराउनु भएको छ । माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टीको समर्थनमा उहाँले मनोनयन दर्ता गराउनुभएको हो ।

यस्तै नेकपा (एमाले)को समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दीपक बोहराले पनि यसै क्षेत्रबाट सोही पदको लागि उम्मेदवारी दिनुभएको छ । एमाले, राप्रपा र जनता समाजवादी पार्टीको संयुक्त गठबन्धन बनाइ बोहराले उम्मेदवारी दिनुभएको हो । प्रतिनिधिसभा सदस्य पदकै लागि हाम्रो नेपाली पार्टीबाट प्रख्यात बञ्जाडे, जनमत पार्टीबाट प्रमोदकुमार राउत, राष्ट्रिय जनमुक्ति पार्टीबाट मोजिब अलि मुसलमान, गान्धावादी पार्टी नेपालबाट लालबहादुर रानाले उम्मेदवारी दिनुभएको मुख्य निर्वाचन अधिकृत कोइरालाले जानकारी दिनुभयो ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट जीतबहादुर गुप्ता तेली, नागरिक उन्मुक्ति पार्टीबाट तुलसीप्रसाद थारु र मङ्गोल नेशनल अर्गानाइजेशनबाट तेजकुमारी आलेले उम्मेदवारी दिनुभएको छ । यस्तै राप्रपा नेपालबाट सरस्वती धोबी नेपाल र नेपाल मजदूर किसान पार्टीबाट सरु विकले उम्मेदवारी दिनुभएको छ ।

प्रतिनिधिसभा सदस्यकै लागि निर्वाचन क्षेत्र नं ३ बाट स्वतन्त्र रुपमा ईमदाद हुसेन खाँन, ईशरान अली फकिर, केशव विक्रम खड्का, गुडिया पथरकट्टले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यस्तै स्वतन्त्रबाट नै घनश्याम भट्टराई, जीवकान्त काफ्ले, देवराज न्यौपाने, नबाब मुसलमान, नरेशबहादुर क्षेत्री, नारायणप्रसाद शर्मा, रमेश गैरे, राजीव शाही र शिव मल्लको उम्मेदवारी परेको कोइरालाले बताउनुभयो । निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा सदस्य ‘क’ तर्फ १२ जनाले उम्मेदवारी दिएका छन् ।

त्यसमध्ये चार जनाको स्वतन्त्र उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत कोइरालाले जानकारी
दिनुभयो । प्रदेशसभा सदस्य ‘ख’ बाट पनि १२ जनाले उम्मेदवारी दर्ता गर्नुभएको छ । यसमध्ये चारजना स्वतन्त्र उम्मेदवार भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।