📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

पाँचथरमा घटे मतदाता

🕒 October 11, 2022

पाँचथरमा मतदाता घटेका छन् । गत स्थानीय तहको निर्वाचनभन्दा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गर्न पाउने मतदाताको सङ्ख्यामा कमी आएको जिल्ला निर्वाचन कार्यालय पाँचथरले जनाएको छ ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लामा एक लाख ४० हजार दुई सय २४ मतदाता थिए । तर आगामी निर्वाचनका लागि जिल्लामा कुल एक लाख ३८ हजार नौ सय ३२ मतदाता कायम भएको जिल्ला निर्वाचन अधिकारी कुमारप्रसाद भट्टराईले जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचनभन्दा एक हजार दुई सय ९२ मतदाता घटेको उहाँको भनाइ छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदाता अद्यावधिक गर्ने क्रममा मतदाताको सङ्ख्या घटेको पाइएको हो । मृत्यु भएका मतदाताको नाम हटाउने, दोहोरो परेका नाम हटाउने, बसाइँ सरी जाँदा मतदाता नामावली सार्नेजस्ता कारणले मतदाताको सङ्ख्या घटेको कार्यालय प्रमुख भट्टराईको भनाइ छ । यहाँबाट तराईतर्फ बसाइँसराइको क्रम अत्यधिक रहेकाले मतदाता र जनसङ्ख्या घट्ने गरेको छ ।

यस्तै मतदाता सङ्ख्या जनसङ्ख्याको लैङ्गिक अनुपातसँग मिल्दोजुल्दो हुनुपर्ने भए पनि जिल्लामा भने फरक रहेको पाइएको छ । कार्यालय प्रमुख भट्टराईका अनुसार पाँचथरमा अहिले कायम भएका मतदातामध्ये पुरुष ७३ हजार तीन सय ६६ र महिला ६५ हजार पाँच सय ६६ रहेका छन् । जबकि पाँचथरको विसं २०७८ को जनसङ्ख्याअनुसार पुरुषभन्दा महिलाको सङ्ख्या तीन सयभन्दा बढी छ । सो जनगणनाको तथ्याङ्कानुसार जिल्लाको कुल जनसङ्ख्या एक लाख ७४ हजार चार सय १९ छ । जसमध्ये पुरुष ८७ हजार ३३ र महिला ८७ हजार तीन सय ८६ छन् ।

जनसङ्ख्यामा महिलाको सङ्ख्या बढी रहे पनि मतदातामा महिलाको सङ्ख्या कम देखिएको हो । अहिले कामय भएको मतदाता सङ्ख्यामा पुरुषभन्दा महिलाको सङ्ख्या सात हजार आठ सय कम
छ । “महिला मतदाताको सङ्ख्या कम हुनुमा राज्यको पहुँच नपुग्नु, यहाँको मानिस भए पनि अन्यत्रै बसोबास गर्नु, मतदान वा निर्वाचन प्रक्रियाबारे अनविज्ञ वा अनिच्छुक हुनुजस्ता कारण हुन सक्छन्”, भट्टराईले भन्नुभयो । घरदैलो अभियानमार्फत मतदाता पहिचान आवश्यक देखिएको उहाँले
बताउनुभयो ।

यस्तै आगामी निर्वाचनका लागि पाँचथरमा एक मतदान केन्द्र र मतदानस्थल थप भएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका–७ लिम्बामा रहेको सार्वजनिक माध्यमिक विद्यालय मतदान केन्द्रलाई फुटाइ सोही वडाको सरस्वती आधारभूत विद्यालय कम्फ्युटारमा मतदान केन्द्र थप गरिएको जिल्ला निर्वाचन अधिकारी भट्टराईले जानकारी दिनुभयो । अब पाँचथरमा एक सय दुई मतदान केन्द्र र एक सय ७७ मतदानस्थल कायम भएका छन् । आठवटा स्थानीय तह रहेको पाँचथरमा प्रतिनिधिसभा सदस्यको एकमात्रै निर्वाचन क्षेत्र रहेको छ ।